CG Electronics
IME Life
Ncell NPL

लक्ष्मी बैंकबाट सुदेश खालिङ बाहिरिने, तीन महिना मात्र ‘एक्सटेन्सन’ गरे, ‘अब आफ्नै काम गर्छु’

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

एभरेष्ट बैंकसँग मर्जको प्रकृयामै रहेका बेला प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले लक्ष्मी बैंक छाड्ने निश्चित भएको छ।

चार बर्षे कार्यकालका लागि नियुक्त भएका खालिङले थप समय नबस्ने भएपछि तीन महिना मात्र समय थप गरिएको थियो। लक्ष्मी बैंकबाट मर्जरका लागि लिड गरिरहेका खालिङ अहिले बिदामा अमेरिकामा छन्।

त्यहाँबाट फर्किएपछि केही समयसम्म अझै उनले लक्ष्मी बैंकमा काम गर्ने छन्। उनले त्यसपछि समय नवीकरण नगर्न सञ्चालक समितिलाई भनिसकेका छन्। खालिङ यसअघि स्ट्यानर्डर्ड चार्टर्ड बैंकमा थिए।

जोखिम र ऋणका क्षेत्रमा राम्रो दक्षता भएका खालिङ बैंकर्स संघको कार्यसमिति सदस्य पनि हुन्।

‘म लक्ष्मी छाडेपछि अर्को बैंकमा जाने पक्षमा छैन’ उनले बिजमाण्डूसँग भने, ‘आफ्नै केही गर्ने हो। त्यो समय आएपछि सबैलाई थाहाभइहाल्छ।’ खालिङ सुमन जोशीले तीन कार्यकाल चलाएर बैंक छाडेपछि प्रमुख कार्यकारी अधिकृत भएका हुन्।

३२ बर्ष लामो बैंकिङ अनुभव भएका खालिङ २०६८ साउनदेखि लक्ष्मी बैंक छिरेका हुन्। खालिङको सञ्चालन तथा बैंकिङ जोखिममा लामो अनुभव रहेको छ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...