IME Life
NIMB

बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद

NIMB
Himalayan Bank

पर्वत । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

 

कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी सङ्घबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार पैmसला सुनाएको हो ।

 

क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको छ ।

 

क्षेत्रीसहित पक्राउ परेका दुई बालकहरूको उमेर नपुगेका कारण एक जनालाई पाँच वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ ।

 

अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ ।

 

अभियुक्तलाई बागलुङको चैतेदशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

 

हत्यामा जन्मकैद

 

पर्वतको फलेवास नगरपालिकाका सूर्यबहादुर सुनारको हत्या गरेको अभियोगमा अभियुक्त विनोदविक्रम कुँवरलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

 

जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको बुधबारको इजलासले आरोपित कँुवरलाई अभियुक्त ठहर गरी जन्मकैदको फैसला सुनाएको हो ।

 

फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय कुँवरले फलेवास नगरपालिका–३ शङ्करपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको हत्या गरेका थिए ।

 

गत जेठ २५ गते कुँवरले मदिराको झोकमा सुन व्यवसाय गरेर पसलमा बसिरहेका सुनारलाई कुटपिट गरी घाइते बनाएका थिए ।

 

सुनारसँगै उनकी श्रीमती सरस्वती सुनारसमेत कुँवरको कुटाइबाट घाइते भएपछि दुवैलाई गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो ।

 

उपचारकै क्रममा सूर्यबहादुरको मृत्यु भएको थियो भने सरस्वतीको अवस्था सामान्य छ ।

 

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...