IME Life
NIMB

बिरामीको मृत्यु भएपछि लाइफलाइन अस्पतालमा तनाव

NIMB
Himalayan Bank

दमक : उपचारको क्रममा बिरामीको मृत्यु भएपछि झापाको दमकस्थित लाइफलाइन अस्पतालमा तनाव सिर्जना भएको छ।

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले प्रर्दशन गरेपछि अस्पताल तनावग्रस्त बनेको हो।

 

दमक–६ का ७५ वर्षिया सीतादेवी शाहको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवार र  आफन्तले बुधबार रातिसम्म प्रर्दशन गरेका हुन्।

 

पाँच दिनअघि पेट दुखाईका कारण अस्पतालमा भर्ना भएका शाहलाई चिकित्सककै सहमतिमा बुधबार दिउँसो सिटी स्क्यान गर्नका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको थियो।

 

सघन उपचार कक्षमा उपचाररत शाहलाई सिटीस्क्यान गरेर पुनः उपचार कक्षमा ल्याउन साथ श्वासप्रश्वासमा समस्या आएको थियो। शाहको अकस्तमात हृदयघात भएको अस्पतालले जनाएको छ।

 

अस्पतालले दिएको जवाफप्रति मृतक परिवारले असन्तुष्टि जनाउँदै प्रर्दशन गरेका थिए। मृतकका छोरा वीरेन्द्रले  श्वासप्रश्वासमा समस्या आउन साथ अक्सिजन लगाएर उपचार गर्न छाडेर आधा घण्टा त्यतिकै राख्दा आफ्नी आमाको अकालमा ज्यान गएको बताए।

 

उनले स्वास्थ्यकर्मीको चरम लापरवाही भएर आमाले अकालमा ज्यान गुमाउनु परेको दावी गरे। अस्पतालका मेडिकल अधिकृत डाक्टर राजु शाहले भने विरामीको हृदयाघातबाट निधन भएको बताए।

 

बिहीबार बिहान मृतकका परिवार र अस्पताल प्रशासनबीच सहमति भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। के सहमति भयो भन्ने खुलाइएको छैन। सहमति भएसँगै पीडित पक्षले शव उठाएका छन्।

 

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...