Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बिरामीको मृत्यु भएपछि लाइफलाइन अस्पतालमा तनाव

kumari  bank

दमक : उपचारको क्रममा बिरामीको मृत्यु भएपछि झापाको दमकस्थित लाइफलाइन अस्पतालमा तनाव सिर्जना भएको छ।

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले प्रर्दशन गरेपछि अस्पताल तनावग्रस्त बनेको हो।

 

दमक–६ का ७५ वर्षिया सीतादेवी शाहको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवार र  आफन्तले बुधबार रातिसम्म प्रर्दशन गरेका हुन्।

 

पाँच दिनअघि पेट दुखाईका कारण अस्पतालमा भर्ना भएका शाहलाई चिकित्सककै सहमतिमा बुधबार दिउँसो सिटी स्क्यान गर्नका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको थियो।

 

सघन उपचार कक्षमा उपचाररत शाहलाई सिटीस्क्यान गरेर पुनः उपचार कक्षमा ल्याउन साथ श्वासप्रश्वासमा समस्या आएको थियो। शाहको अकस्तमात हृदयघात भएको अस्पतालले जनाएको छ।

 

अस्पतालले दिएको जवाफप्रति मृतक परिवारले असन्तुष्टि जनाउँदै प्रर्दशन गरेका थिए। मृतकका छोरा वीरेन्द्रले  श्वासप्रश्वासमा समस्या आउन साथ अक्सिजन लगाएर उपचार गर्न छाडेर आधा घण्टा त्यतिकै राख्दा आफ्नी आमाको अकालमा ज्यान गएको बताए।

 

उनले स्वास्थ्यकर्मीको चरम लापरवाही भएर आमाले अकालमा ज्यान गुमाउनु परेको दावी गरे। अस्पतालका मेडिकल अधिकृत डाक्टर राजु शाहले भने विरामीको हृदयाघातबाट निधन भएको बताए।

 

बिहीबार बिहान मृतकका परिवार र अस्पताल प्रशासनबीच सहमति भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। के सहमति भयो भन्ने खुलाइएको छैन। सहमति भएसँगै पीडित पक्षले शव उठाएका छन्।

 

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य व्यवसायलाई कागजात पेश गर्न निर्देशन

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य...

वि.सं.२०८२ वैशाख १४ आइतवार २२:१५

  काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

वि.सं.२०८२ वैशाख ११ बिहीवार २१:३४

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको...

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...