Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

वार्षिक १९ करोडभन्दा बढी असुल्छन् पोखराका माइक्रो, यसरी ठगिन्छन् यात्रु

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

गण्डकी प्रदेशको राजधानी पोखरामा गुड्ने माइक्रोबसले एक वर्षमा १९ करोडभन्दा बढी रुपैयाँ बढी भाडा ठग्ने गरेका छन् ।

पोखरामा दैनिक चल्ने साढे तीन सय माइक्रोले प्रतियात्रु कम्तीमा ५ रुपैयाँका दरले बढी भाडा असुल गर्दै आएकाले वार्षिक झन्डै १९ करोड रुपैयाँभन्दा बढी भाडा असुल गरेको पाइएको हो ।

वि.सं. २०७२ मा भूकम्प जानुअघि १२ रुपैयाँमा यात्रा गर्न पाएका यात्रु भूकम्पका वेला बढेको भाडा तिर्न अहिले पनि बाध्य छन् । यसबीचमा दुईपटक भाडा समायोजन भएको छ । तर, पोखरामा त्यसको कुनै असर परेन ।

 

उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले नाकाबन्दीका वेला कालोबजारीमा महँगो तेल किन्नुपर्दा भाडा बढी लिनुपरेको भन्दै व्यवसायीले बढाएको भाडा त्यसपछि नघटेको बताए ।

 

कोइरालाका अनुसार पोखराका माइक्रोले प्रतियात्रु कम्तीमा पनि ५ रुपैयाँका दरले ठग्दै आएका छन् । यस हिसाबले सर्वसाधारणबाट वार्षिक झन्डै १९ करोड रुपैयाँभन्दा धेरै यहाँका माइक्रोले ठग्ने गरेका छन् ।

 

दैनिक ३६० माइक्रोबस

 

पोखरा बस व्यवसाय समितिका सचिव अमृत तिमिल्सिनाका अनुसार अहिले पोखरामा झन्डै चार सय माइक्रो छन् । त्यसमध्ये केही रिजर्भमा जाने र आलोपालोसमेत हुने हुँदा दैनिक ३६० माइक्रोले सेवा दिन्छन् । एउटा माइक्रोमा दिनमा तीन सय यात्रु चढ्दा ५ रुपैयाँको दरले १५ सय रुपैयाँ एउटै माइक्रोले यात्रुबाट बढी रकम असुल्छ । यस हिसाबले दिनमै ३६० माइक्रोले पाँच लाख ४० हजार ठग्छन् । एक महिनामा एक करोड ६२ लाख र वर्षमा १९ करोड ४४ लाख रुपैयाँ सर्वसाधारण यात्रुबाट माइक्रोले ठग्ने गरेका छन् ।

नयाँ भाडादरअनुसार महानगर क्षेत्रमा ४ किलोमिटरसम्म १४ रुपैयाँ, ५ किलोमिटरसम्म १६ रुपैयाँ, ६ किलोमिटरसम्म १७ रुपैयाँ, ८ किलोमिटरसम्म १८ रुपैयाँ, १९ किलोमिटरसम्म २६ रुपैयाँ र १९ किलोमिटरभन्दा माथि २७ रुपैयाँ निर्धारण भएको छ ।

 यसरी ठगिन्छन् यात्रु
माइक्रोबस चढेपछि १५ रुपैयाँ तिर्नुपर्छ । थप स्टेसन जाँदा एक रुपैयाँको दरले भाडा बढ्दै जानुपर्नेमा थप पाँच रुपैयाँ तिर्नुपर्छ । पछिल्लो समायोजन गरिएको भाडादरअनुसार सुरु स्टेसन ९४ किलोमिटरसम्म० को १४ रुपैयाँको सट्टा १५ तिर्नुपर्छ । यसअघि १२ तिरे हुनेमा पनि १५ रुपैयाँ नै तिर्नुपथ्र्यो । अर्को स्टेसन पुग्दा थप एक रुपैयाँ बढ्दा १५ तिर्नुपर्नेमा यात्रु २० तिर्न बाध्य छन् ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार पोखराको छोरेपाटनबाट लामाचौरसम्मको दूरी १४ किलोमिटर छ । सो दूरीमा यसअघि नै माइक्रोले ३० रुपैयाँ लिँदै आएका छन् । यातायात व्यवस्था कार्यालय गण्डकी ९सवारी०का प्रमुख अच्युत रेग्मीले सो दूरीको परिमार्जित भाडादरअनुरूप २४ रुपैयाँसम्म ठीक हुने बताए ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको पनि साथ

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४२

  काठमाडौं । नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...