IME Life
NIMB

वार्षिक १९ करोडभन्दा बढी असुल्छन् पोखराका माइक्रो, यसरी ठगिन्छन् यात्रु

NIMB
Himalayan Bank

गण्डकी प्रदेशको राजधानी पोखरामा गुड्ने माइक्रोबसले एक वर्षमा १९ करोडभन्दा बढी रुपैयाँ बढी भाडा ठग्ने गरेका छन् ।

पोखरामा दैनिक चल्ने साढे तीन सय माइक्रोले प्रतियात्रु कम्तीमा ५ रुपैयाँका दरले बढी भाडा असुल गर्दै आएकाले वार्षिक झन्डै १९ करोड रुपैयाँभन्दा बढी भाडा असुल गरेको पाइएको हो ।

वि.सं. २०७२ मा भूकम्प जानुअघि १२ रुपैयाँमा यात्रा गर्न पाएका यात्रु भूकम्पका वेला बढेको भाडा तिर्न अहिले पनि बाध्य छन् । यसबीचमा दुईपटक भाडा समायोजन भएको छ । तर, पोखरामा त्यसको कुनै असर परेन ।

 

उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले नाकाबन्दीका वेला कालोबजारीमा महँगो तेल किन्नुपर्दा भाडा बढी लिनुपरेको भन्दै व्यवसायीले बढाएको भाडा त्यसपछि नघटेको बताए ।

 

कोइरालाका अनुसार पोखराका माइक्रोले प्रतियात्रु कम्तीमा पनि ५ रुपैयाँका दरले ठग्दै आएका छन् । यस हिसाबले सर्वसाधारणबाट वार्षिक झन्डै १९ करोड रुपैयाँभन्दा धेरै यहाँका माइक्रोले ठग्ने गरेका छन् ।

 

दैनिक ३६० माइक्रोबस

 

पोखरा बस व्यवसाय समितिका सचिव अमृत तिमिल्सिनाका अनुसार अहिले पोखरामा झन्डै चार सय माइक्रो छन् । त्यसमध्ये केही रिजर्भमा जाने र आलोपालोसमेत हुने हुँदा दैनिक ३६० माइक्रोले सेवा दिन्छन् । एउटा माइक्रोमा दिनमा तीन सय यात्रु चढ्दा ५ रुपैयाँको दरले १५ सय रुपैयाँ एउटै माइक्रोले यात्रुबाट बढी रकम असुल्छ । यस हिसाबले दिनमै ३६० माइक्रोले पाँच लाख ४० हजार ठग्छन् । एक महिनामा एक करोड ६२ लाख र वर्षमा १९ करोड ४४ लाख रुपैयाँ सर्वसाधारण यात्रुबाट माइक्रोले ठग्ने गरेका छन् ।

नयाँ भाडादरअनुसार महानगर क्षेत्रमा ४ किलोमिटरसम्म १४ रुपैयाँ, ५ किलोमिटरसम्म १६ रुपैयाँ, ६ किलोमिटरसम्म १७ रुपैयाँ, ८ किलोमिटरसम्म १८ रुपैयाँ, १९ किलोमिटरसम्म २६ रुपैयाँ र १९ किलोमिटरभन्दा माथि २७ रुपैयाँ निर्धारण भएको छ ।

 यसरी ठगिन्छन् यात्रु
माइक्रोबस चढेपछि १५ रुपैयाँ तिर्नुपर्छ । थप स्टेसन जाँदा एक रुपैयाँको दरले भाडा बढ्दै जानुपर्नेमा थप पाँच रुपैयाँ तिर्नुपर्छ । पछिल्लो समायोजन गरिएको भाडादरअनुसार सुरु स्टेसन ९४ किलोमिटरसम्म० को १४ रुपैयाँको सट्टा १५ तिर्नुपर्छ । यसअघि १२ तिरे हुनेमा पनि १५ रुपैयाँ नै तिर्नुपथ्र्यो । अर्को स्टेसन पुग्दा थप एक रुपैयाँ बढ्दा १५ तिर्नुपर्नेमा यात्रु २० तिर्न बाध्य छन् ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार पोखराको छोरेपाटनबाट लामाचौरसम्मको दूरी १४ किलोमिटर छ । सो दूरीमा यसअघि नै माइक्रोले ३० रुपैयाँ लिँदै आएका छन् । यातायात व्यवस्था कार्यालय गण्डकी ९सवारी०का प्रमुख अच्युत रेग्मीले सो दूरीको परिमार्जित भाडादरअनुरूप २४ रुपैयाँसम्म ठीक हुने बताए ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...