प्रहरी महानिरीक्ष सर्वेन्द्र खनाललाई बर्खास्तीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

Thursday Oct 04, 2018
वि.सं.२०७५ असोज १८ बिहीवार ०५:२८
सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले प्रहरी महानिरीक्ष सर्वेन्द्र खनाललाई बर्खास्तीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
पछिल्लो समय हत्या, हिंसा, बलात्कारको घटनामा वृद्धि भएपनि प्रहरी प्रशान अपराधी पक्राउ तथा घटनाबारे गम्भीर नरहेकोले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउन लागिएको अनेरास्ववियूका नेता आरसी लामिछानेले बताए ।
‘बलात्का, हिंसा हत्या र एसिड आक्रमण जस्ता अपराध बढीरहेको छ । प्रहरी प्रशान घटनामा संलग्नहरुलाई कारवाही गर्न चुकिरहेको छ’ लामिछानेले भने,‘यसको नैतिक जिम्मेवारी प्रहरी प्रमुख खनालले लिनुपर्छ उनी पदमा बसिरहने कुरा उपयुक्त छैन ।’
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा खोज्न नसकेको एसिड आक्रमण, बलात्कारका घटनामा बृद्धि भएको भन्दै प्रहरी प्रशासनको आलोचना भइरहेको छ ।