IME Life
NIMB

नेकपामा भाँडभैलो ल्याउने नेपाल खेमालाई यसरी तह लगाउँदैछन् ओली

NIMB
Himalayan Bank

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली बिहीबार अमेरिका र कोस्टारिकाको भ्रमण सकी नेपाल फर्किदैछन् ।

ओली फर्किनुअघि नै ओलीले आफूमाथि खनिएका वरिष्ठ नेता माधवकुमार नेपाललाई के भन्ने हुन् भन्ने चासो ब्याप्त भएको छ ।

 

नेपालले गत असोज ११ गते संसद् समापनका दिन आफ्नै पार्टीको सरकारविरुद्ध आक्रमण गरे । सरकारका बेथिति ओकले । जनतालाई दुःख दिएको बताए । भ्रष्टाचार बढेको बताए । सुशासन नभएको बताए ।

 

यो टिप्पणीपछि नेकपाको राजनीतिमा एकाएक तरंग पैदा भएको छ । दोस्रो तहका नेताहरुबीच पनि टक्कर चल्यो । दुई तिहाइको बलियो सरकार आफ्नैले गर्दा हल्लिने स्थितिमा पुगेको आँकलन पनि गरिएको छ ।

 

पाँच वर्षका लागि कसैले आँखा नलगाए पनि हुन्छ भन्नेहरु अहिले टिक्दैन कि क्याहो भन्ने अवस्थामा पुगेका छन् । ओली विदेश लाग्दा पनि सुख पाएनन् । माधव नेपालको आक्रोशलाई ‘म विदेश भएर होला देश डुब्छ कि भनेको म फर्किन्छु र ठीक हुन्छ’ भन्दै ओलीले ठट्टा गर्न भ्याए ।

 

यसले अझै आक्रोशित पार्यो नेपाल खेमालाई । अनि चुप लागेर बसेनन् ओली पक्ष पनि । सरकार त्यसैगरी चलिरहेको छ । हत्या, हिंसा, बलात्कार बढिरहेकै छन् । यति हुँदा पनि विपक्षीले काम गर्न दिएन भन्छ सरकार ।

 

तर सबैभन्दा ठूलो दुस्मन त आफ्नै पार्टीका भएका छन् । ओलीले विपक्षीलाई अरिंगाल खनिएझैं खनिन आग्रह गरेका थिए । तर उनकै पार्टीका नेताहरु अरिंगाल बनेर खनिए ।

 

गलत सिकाए । त्यही खाल्डोमा परे । मौरी बन्न सिकाएका भए सम्भवतः यो पीडा खेप्नुपर्ने थिएन । दुःखको कुरा असन्तुष्टिको संवोधन गर्न ओली चुक्दै आएका छन् । भोलिका दिनमा पनि संवोधन हुने आशा छैन ।

 

तर ओलीको हेप्ने प्रवृत्ति हिजो जस्तो थियो त्यो यद्यपि छ । उनी सन्काहा प्रवृत्तिका भएको नेकपाभित्रै व्याप्त छ । पार्टी गठन गर्ने घोषणा भएको एक वर्ष पूरा भएको छ । केन्द्रमा एकता भएको साढे चार महिना नाघेको छ ।

 

तर अहिलेससम्म किन सबै क्षेत्रमा एकीकरण हुन सकेन ? अहिलेसम्मका गतिविधि सबै दबाबमा भएका हुन् । यसको जवाफ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइसकेका छन् । नेताहरूको ‘प्रेसर’का कारण केन्द्रीय सचिवालयबाट प्रदेश कमिटीको नेतृत्वबारे निर्णय भएको प्रचण्डको भनाइ छ  ।

 

वरिष्ठ नेता माधवकुमार नेपाल र उनीनिकट नेताहरूले सचिवालयको पछिल्लो निर्णयको वैधानिकतामाथि सार्वजनिक रूपमै असन्तुष्टि जनाएपछि प्रचण्डले निर्णय गरिनुका कारण र पृष्ठभूमिबारे बुधबार मुख खोलेका हुन् ।

 

यसको मतलब दबाब छ । पार्टी विष्फोटको स्थितिमा छ । साम्य पार्न ओलीको व्यङ्ग्यले हैन मध्यमार्गीले काम गर्नेछ । तर त्यो छाँट ओलीमा पाइँदैन । उनले झम्टने र तह लगाउन बल प्रयोगसम्मको हैसियतमा आउन सक्ने एक नेपाल पक्षका नेताले भने ।

 

कतिपय नेताहरुले ओली अर्थात् नेतृत्वको विरोधमा आवाज उठाएका छन् । उनीहरु पनि कार्वाहीको भागेदार हुन सक्ने देखिएको छ ।

 

प्रचण्डले विवाद मिलाउने प्रयास गर्न खोजेको सन्देश मिडियामा दिएका थिए । ओली फर्केपछि किन केही नबोलेको भन्ने होला भनेरै प्रचण्डले त्यतिसम्म बोलेका हुन सक्छन् । त्यसबाहेक प्रचण्डको नियत पनि साफ नभएको नेपाल पक्षका नेताको भनाइ छ ।

 

अर्थात् नेकपाभित्र वाक्स्वतन्त्रता छैन । नेताहरु आपसमा बाझिएका छन् । विचार बाझिएको छ । शक्ति बाझिएको छ ।

 

भलै चाडबाडमा के मन कुँडाउनु भनेर ओलीले आफैलाई धैर्यशाली किन नबनाउन् तर विपक्षी खेमा भने त्रासमै छ ।

 

यसकै फाइदा प्रचण्डले उठाउन सक्ने देखिएको छ । प्रचण्डले सर्वदलीय सरकारको अभ्यासमा लागेको चर्चा छ ।

 

बामदेव गौतमलाई चुनावमै हराएर अगाडि बढ्न नदिनु, नारायणकाजी श्रेष्ठलाई बाइपास गर्न खोजिनु र विष्णु पौडेललाई महासचिव दिएर ईश्वर पोखरेलहरुलाई रिसाउन हाल्नु लगायतका काण्डले नेकपा विष्फोटकै गतिमा लम्किएको छ ।

 

बाँडेर खाने सहमति नभएको ईश्वर पोखरेलको दाबी

उपप्रधान तथा रक्षामन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले आफ्ना दुई अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डीच पाँच वर्षे कार्यकाल बाँडेर लिने सहमति नभएको दाबी गरेका छन् ।

 

पोखरेलले त्यस्तो सहमति दुई नेताबीच र पार्टीमा समेत नभएको जिकिर गरे । यद्यपि प्रचण्ड र नेकपाकै कतिपय नेताले पाँच वर्षे संसद अवधिमा दुई अध्यक्षले आधाआधा कार्यकाल सरकारको नेतृत्व लिने सहमति भएको बताउँदै आएका छन् ।

 

दुई पार्टीको एकता भएर नेकपा बन्नुअघि तत्कालिन एमाले र माओवादी केन्द्रबीच सरकार र पार्टी नेतृत्वमा आलोपालो गर्ने चार बुँदे सहमति भएको बाहिर आएको थियो ।

 

‘आज २०७५ साल असोज १७ गतेका दिन म बोल्दैछु । आजका दिनसम्म चार बुँदे सहमति भएको मेरो लेभलको मान्छेलाई थहा छैन’, बीबीसी नेपाली सेवासँग पोखरेलले भने, ‘यो सरकारले पाँच वर्षको जनादेश पाएको छ । यसलाई खण्डित हुने गरी कुनै सहमति भएको छैन ।’

 

उनले पार्टीभित्रैबाट सरकारमाथि भइरहेको आक्रमणको विरोध गरे । सरकारबारे चित्त नबुझेका विषय पार्टी बैठक वा संसदीय दलमा राख्न उनले सुझाव दिए । कतिपय शीर्ष नेताले तरिका नपु¥याई सरकारबारे बाहिर बोलेको उनको टिप्पणी थियो ।

 

फरक प्रसंगमा कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका पोखरेलले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धनमा छानबिन गर्न गठित आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी ओली न्यूयोर्कबाट बिहीबार फर्केलगत्तै गृहमन्त्री रामबहादुर थपालाई बुझाउने जानकारी दिए । उक्त प्रतिवेदनले संकेत गरेका अपराधीमाथि सरकारले कारबाही गर्ने उनले बताए ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...