Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

मुद्दा दायर हुनासाथ सांसद रौनियार स्वतः निलम्बित, सभामुखलाई पनि अख्तियारले जानकारी दियो

Machhapuchchhre Bank Limited

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएको १५ दिनमै नवीन घिमिरेले गुणस्तरहीन काम गर्ने ठेकेदार सांसद हरिनारायण रौनियारमाथि मुद्दा दायर गरेर आयोग टुलुटुलु हेरेर नबस्ने संकेत गरेका छन् ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उदघाटन नहुँदै भत्किएको उजुरीमा अनुसन्धान गरी अख्तियारले शुक्रबार विशेष अदालतमा सांसद रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सांसद रौनियार सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसद हुन् । उनले ठेक्का लिएका अधिकांश पुल र सडक गुणस्तरहीन भएको र ठेक्का लिएको बर्षौसम्म पनि काम सम्पन्न नगरेको आरोप छ । पप्पु कन्ष्ट्रक्सनले रौतहटको लालबकैया नदीमा समयमा पुल नबनाएका कारण एक महिनाअघि डुंगा दुर्घंटना हुँदा करिब १० जनाको मुत्यु भएको थियो । त्यसपछि पप्पु कन्ष्ट्रक्सनका एकपछि अर्को कर्तुत सार्वजनिक भएका हुन् । पप्पु कन्ष्ट्रक्सनका तत्कालीन प्रमुख सांसद रौनियार हुन् । उनी सांसद भएपछि उनले छोरा सुमित रौनियारलाई कन्ष्ट्रक्सनको प्रमुख बनाएका छन् ।

सांसद रौनियारसहित उनका छोरा सुमित, सडक डिभिजन कार्यालय बाँकेका तत्कालीन डिभिजन प्रमुखहरु भानु जोशी, मनोज श्रेष्ठ, राजेशकुमार यादव, नवराज केसी, इन्जीनीयर प्रेमप्रसाद चुवाई, हरिबहादुर बिष्ट, दीपेन्द्रबहादुर बिष्ट, सबइन्जीनीयर कर्मा तेन्जिङ तामाङ, गोविन्द गैरेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । रौनियार बाबुछोरालाई नै १९ करोड ३२ लाख २५ हजार ६ सय २५ रुपैयाँ बिगो कायम गरिएको छ ।
अख्तियारले ठेकेदार सांसद रौनियारबिरुद्ध मुद्दा दायर गरिसकेपछि त्यसको जानकारी सभामुख कृष्णबहादुर महरालाई दिइसकेको छ । अख्तियारका एक उच्च अधिकारीले सभामुख महरालाई सांसद रौनियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिइसकिएको छ । अदालतमा मुद्दा पर्नासाथ सांसद स्वतः निलम्बन हुने कानुनी ब्यवस्था छ ।

 

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...