CG Electronics
IME Life
NIMB

मुद्दा दायर हुनासाथ सांसद रौनियार स्वतः निलम्बित, सभामुखलाई पनि अख्तियारले जानकारी दियो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएको १५ दिनमै नवीन घिमिरेले गुणस्तरहीन काम गर्ने ठेकेदार सांसद हरिनारायण रौनियारमाथि मुद्दा दायर गरेर आयोग टुलुटुलु हेरेर नबस्ने संकेत गरेका छन् ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उदघाटन नहुँदै भत्किएको उजुरीमा अनुसन्धान गरी अख्तियारले शुक्रबार विशेष अदालतमा सांसद रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सांसद रौनियार सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसद हुन् । उनले ठेक्का लिएका अधिकांश पुल र सडक गुणस्तरहीन भएको र ठेक्का लिएको बर्षौसम्म पनि काम सम्पन्न नगरेको आरोप छ । पप्पु कन्ष्ट्रक्सनले रौतहटको लालबकैया नदीमा समयमा पुल नबनाएका कारण एक महिनाअघि डुंगा दुर्घंटना हुँदा करिब १० जनाको मुत्यु भएको थियो । त्यसपछि पप्पु कन्ष्ट्रक्सनका एकपछि अर्को कर्तुत सार्वजनिक भएका हुन् । पप्पु कन्ष्ट्रक्सनका तत्कालीन प्रमुख सांसद रौनियार हुन् । उनी सांसद भएपछि उनले छोरा सुमित रौनियारलाई कन्ष्ट्रक्सनको प्रमुख बनाएका छन् ।

सांसद रौनियारसहित उनका छोरा सुमित, सडक डिभिजन कार्यालय बाँकेका तत्कालीन डिभिजन प्रमुखहरु भानु जोशी, मनोज श्रेष्ठ, राजेशकुमार यादव, नवराज केसी, इन्जीनीयर प्रेमप्रसाद चुवाई, हरिबहादुर बिष्ट, दीपेन्द्रबहादुर बिष्ट, सबइन्जीनीयर कर्मा तेन्जिङ तामाङ, गोविन्द गैरेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । रौनियार बाबुछोरालाई नै १९ करोड ३२ लाख २५ हजार ६ सय २५ रुपैयाँ बिगो कायम गरिएको छ ।
अख्तियारले ठेकेदार सांसद रौनियारबिरुद्ध मुद्दा दायर गरिसकेपछि त्यसको जानकारी सभामुख कृष्णबहादुर महरालाई दिइसकेको छ । अख्तियारका एक उच्च अधिकारीले सभामुख महरालाई सांसद रौनियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिइसकिएको छ । अदालतमा मुद्दा पर्नासाथ सांसद स्वतः निलम्बन हुने कानुनी ब्यवस्था छ ।

 

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...