Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

तुलसीपुरबाट नेपालगञ्ज हिँडेको माइक्रो बस दुर्घटनामा ६ को मृत्यु

दाङ  : दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि छुटेको यात्रुबाहक माइक्रो बस(हायस) दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

शनिबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको बा ५४ ख १६६२ नम्बरको हायस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ अगैया जंगलमा दुर्घटना भएको हो।

हायस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा मुत्यु भएको प्रहरीको भनाइ छ।

 

दुर्घटनामा मृत्यु हुनेमध्य तीन जनाको सनाखत भएको छ । सनाखत भएकामा गाडी चालक तुलसीपुर उपमहानगरपालिकाका बलिराम चौधरी,  यात्रु तुलसी रावत र बसन्ती चौधरी रहेको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा घाइते भएका १८ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

हायसले अगैयाको जंगलमा बसलाई उछिन्न खोज्दा  लु १ ख ७७२९  नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

 

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य व्यवसायलाई कागजात पेश गर्न निर्देशन

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य...

वि.सं.२०८२ वैशाख १४ आइतवार २२:१५

  काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

वि.सं.२०८२ वैशाख ११ बिहीवार २१:३४

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको...