Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मोरङमा एकै परिवारको ४ जनाको घरभित्र आगो लगाइ हत्या, छानबिनमा प्रहरीको लापरबाही

के मेरो, आमा, दाजु—भाउजु र दिदी मारिनै पर्ने व्यक्ति थिए त ? हामीले न्याय कहिले पाउने ? प्रहरीले प्रभावकारी अनुसन्धान नगरेपछि गृहमन्त्रालय लाग्नु पर्दैन ? अव कहाँ गएर न्याय खोज्ने ? यी लगातार प्रस्न थियो इन्दिरा राईको । उनी संकास्पद हत्या प्रकरणमा परेकी ८६ बर्षिय गंगामाया राईकी छोरी हुन् ।

घट्ना करिव एक बर्ष अघि को हो । २०७४ असोज ४ गते राति करिव १२ बजे मोरङ कानेपोखरी गाउँपालिकाको हरकपुरमा एउटै परिवारका चार जना व्यक्तिको हत्या भएको थियो । त्यो घट्नामा आमा गंगामाया, बर्ष ५६ को दाजु चन्द्रकुमार राई, ४९ को पार्वता राई(चन्द्र र पार्वता(पति पत्नि) र दिदी विष्णुकुमारी राई(तामाङ)को संकास्पद हत्या भएको थियो ।

 

काठ(सखुवा)को २५ खम्बा भएको, बाँसको सेन्टरवेरा र जस्ताको छानो भएको दुई तले घर थियो । त्यो रात घरको चारैतिरबाट एक्कासी आगो लागेको छिमेकीहरूले देखे । छिमेकीहरू त्यहाँ पुग्दा आधा जाति घर जलिसकेको थियो ।

 

दमकल आइपुग्दा करिव डेढ करोडको धनपम्पति जलिसकेको थियो । सम्पति त जल्यो जल्यो चार जनाको शव आधा जलेको अवस्थामा रगताम्य भेटियो ।

 

मृतक गंगामायाको छोरा वा चन्द्रकुमारको दाई र बहिनी इन्दिरा राई काठमाडौं बस्दै आएका थिए । चन्द्रकुमारको छोरा र छोरी अध्ययनको लागि बाहिरै बस्दै थिए । गंगाको छोरी त्यही दिन आमा र दाजुभाउजु भेट्न कानेपोखरी आएका थिए । माइत आएकै दिन जल्नु र मर्नु प¥यो विष्णुकुमारी राई(तामाङ)ले पनि ।

 

घट्ना दुर्घट्ना, भाव्यतब्य वा आफै भएको मान्न तयार छैनन् गंगामायाको छोरा रामकुमार र छोरी इन्दिरा राई । पारिवारिक कलह, धनसम्पतिको लोभ लालचमा षड्यान्त्र र सुनियोजित रूपमा चार जनाको हत्या भएको पीडित परिवारको दावी छ । प्रहरीले प्रभावकारी अनुसन्धान गरे अपराधि उम्कन नसक्ने पीडित परिवारको भनाइ छ ।

 

किन परिवारैको हत्या गर्नु प¥यो ? मृतक चन्द्रकुमार राई २०५४ सालको स्थानीय निर्वाचनको वडा अध्यक्ष चलाएका व्यक्ति थिए । समाजमा नेतृत्व कर्ता नै थिए चन्द्र । घरैमा किराना व्यवसायी चन्द्रको गाउँमा प्राय सवैसँग मेलमिलाप थियो ।

 

आमा गंगामाया र बहिनी विष्णुको मात्र हत्याहुदा चन्द्रकुमारले छाड्ने थिएनन् । अपराधि उम्किन मुस्किल पर्ने हुनसक्थ्यो । त्यही भएर आमा गंगा, छोरी विष्णुसहित चन्द्र र उनको पत्निको एकसाथ हत्या भएको हुनसक्ने पीडितहरूको दावी छ ।

 

कहाँ कहाँ भयो उजुरी ? त्यो घट्ना हुदा इलाका प्रहरी कार्यालय पथरीमा इन्स्पेक्टर राजन कार्कीको नेतृत्व थियो । त्यहा उजुरीको साथै घट्ना हुनसक्ने कारणहरू र सम्भावित पात्रहरूको बारे सवै सूचनाहरू उपलब्ध गराएपनि राजनले प्रभावकारी अनुसन्धान नगरेको पीडित इन्दिरा राईले गुनासो गरे ।

 

पथरी प्रहरीमा राजनसहित तीन पटक इन्स्पेक्टर परिवर्तन भइसकेको छ । सवै प्रहरी प्रमुखलाई घट्नाका राम्रो अनुसन्धान गर्न अनुरोध गर्दै आएपनि खास वास्ता नभएको पीडित परिवारको गुनासो छ ।

 

चार—चार जनाको मृत्यु भएपनि प्रहरीले संकास्पद व्यक्तिहरूलाई प्रभावकारी अनुसन्धान नभएको रामकुमार राईको पनि गुनासो छ । इलाका प्रहरी कार्यालय त्यसवेला आवश्यक अनुसन्धान नगर्नुमा राजनीतिक साइनो र पैसाको चलखेल हुनसक्ने पीडित परिवारको संका छ ।

 

पीडित परिवारले जिल्ला प्रशासन, जिल्ला प्रहरी, प्रदेश प्रहरी कार्यालय मोरङ, संघीय प्रहरी कार्यालय सनुसरी, १ नम्बर प्रदेश गृह, नेपाल सरकारको गृह मन्त्रालय र नेपाल मानव अधिकार आयोगमा उजुरीसहित प्रभावकारी अनुसन्धानको लागि लिखित अनुरोध गरिएको पीडित रामकुमार राईले बताए ।

 

गृहमन्त्री रामबहादुर थापालाई निवासमै गएर घट्ना प्रकृति बताएपनि मन्त्रालयको आवश्यक चासो नदेखिएको इन्दिरा राईको गुनासो छ ।

 

परिवारले उजुरी मात्र दिएका छैनन् । घट्ना स्थालमै २०७४ अशोज २९ गते पत्रकार सम्मेलनको गरेर संकास्पद हत्याको बारे आम जनतालाई जानकारी गराएका थिए ।

 

करिव एक बर्षपछि बिहिबार (२०७५ अशोज १८) रिर्पोर्टस क्लव काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार, नागरिक समाज, बुद्धिजिवी, गृह मन्त्रालय, मानवअधिकारवादी संगठनहरूसँग घटनाको प्रभावकारी अनुसन्धानको फेरि माग गरेका छन् ।

 

पत्रकार सम्मेलनमा ३ नम्बर प्रदेस सभासदस्य देवकी राई(श्रेष्ठ), किरात राई यायोक्खा पूर्व केन्द्रीय उपाध्यक्ष दुर्गा राई, इन्दिरा राईको पति चन्द्रकुमार हतुवारी, मृतक चन्द्रकुमार राईको छोरा र छोरीलगायतको उपस्थिति थियो ।

 

 

एउटै परिवारको चारैजनाको हत्या गर्नुपर्ने सभ्वावित कारणहरू स्पष्टकै खुलाएर प्रहरीमा उजुरी दिइएको इन्दिरा राईले पत्रकार सम्मेलनमा सुनाए । मृतक दिदी विष्णु र भेनावीच विभिन्न कारण राम्रो सम्बन्ध थिएन । आमा गंगाको नाममा रहेको जग्गा देवर अनिलले १२ लाखमा बिक्री गरेको आमाको मृत्युपछि खुलेको बताइएको छ ।

 

परिवारको माग इन्दिरा दोहो¥याइ, तेह¥याइ भन्छिन ‘घट्ना नियोजित हत्या हो, किन प्रभावकारी अनुसन्धान हुदैन ?’ फेरि भन्छिन ‘प्रभावकारी अनुसन्धान गरी अपराधिलाई कडा कारबाही हुनुपर्ने हाम्रो माग छ ।’

 

अनुसन्धान राम्रो नहुदा परिवारका अन्य सदस्यहरूलाई समेत जोखिम बढ्दै गएको छ । तत्काल सम्भावित अपराधी पक्राउ गर्न सरकार वा सम्बन्धीत निकायसँग इन्दिराको माग छ ।

 

चन्द्रकुमारको दुई छोराछोरीले एकै साथ मामाबाबु गुमाएका छन् । घट्नाको छानविन गरी ती निर्दोष टुहुराहरूको लागि क्षतिपूर्तिको समेत माग गरेका छन् पीडित परिवारले । हाइ गुहार कतैबाट पनि नपाए, प्रभावकारी छानविन नभए आमरण अनसन, बन्द हड्ता जस्ता अप्रियबाटो लिन बाध्यहुने पीडित इन्दिराको चेतावनी छ ।

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

वि.सं.२०८२ असार ६ शुक्रवार १४:५६

  काठमाडौं । चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ...

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड...

वि.सं.२०८२ असार १ आइतवार १८:५७

  काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही...

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्व कै पहिलो पिकअप

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित...

वि.सं.२०८२ जेठ २८ बुधवार १७:४३

    काठमाण्डौ- २८ जेठ २०८२- नेपालमा भर्खर भित्रिएको पिकअप...

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १०...

वि.सं.२०८२ जेठ १९ सोमवार २३:३३

  काठमाडौं । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह...

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने, २०० भन्दी बढीकाे सहभागिता रहने

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ...

वि.सं.२०८२ जेठ १६ शुक्रवार ०८:२३

  काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल...

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल...

वि.सं.२०८२ जेठ १५ बिहीवार २१:३६

  काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति...