यसकारण मैले सेक्स वर्कर भेट्न थालेँ

Saturday Oct 06, 2018
वि.सं.२०७५ असोज २० शनिवार ११:११
एउटा अविस्मरणीय रात थियो । २८ वर्षमा मैले पहिलो पटक कोहि महिलालाई स्पर्श गरेको थिएँ ।
उनी मेरी जीवन संगिनी थिइनन् । तर उनी एक ‘सेक्स वर्कर’ हुन् भन्ने कुराले पनि मलाई कुनै फरक परेको थिएन ।
मेरा इच्छाहरु पुरा भइरहेका थिए । त्यसैले म खुशी थिएँ । एक हप्तासम्म म त्यहि सम्झनालेनै रोमाञ्चित भइरहेँ ।
म एउटा अलग दुनियाँमा छु, यस्तो मलाई लागिरहेको थियो । यस्तो नहोस पनि किन ? मेरो अझैसम्म विवाह भएको थिएन ।
गुजरात शहर जहाँ म बस्छु त्यहाँ पुरुषको तुलनामा महिला कम छन् । यहि कारण म जस्ता तमाम युवाको विवाहमा कठिनाइ भइरहेको थियो ।
मेरो बुबा आमाले धेरैका धेरै थरी भनाई सुन्नु परिरहेको थियो । जस्तैकी ‘यदि तिमीहरुको छोरा सरकारी काम गर्थ्यो भने कुरा अर्कै हुन्थ्यो’, तर निजि कम्पनीको रोजगारीको के भरोसा ? अनि तिमीहरुसँग धेरै जमिन पनि त छैन’ यस्तै यस्तै । त्यतिबेला मेरो तलब ८ हजार रुपैयाँ थियो ।
म घरको सबैभन्दा जेठो छोरा थिएँ तर मेरो विवाह कहिँ पनि जुरिरहेको थिएन । मलाई लाग्थ्यो, यदि विवाह भयो भने समाजमा इज्जत पाइन्छ ।
तर मलाई त्यतिबेला अचम्म लाग्यो जब मेरो साथी निरजको विवाह भयो जसको कमाइ मेरो भन्दा कम थियो । सायद उनको बुबा २० एकड जमिनका मालिक थिए । त्यसैले उनको विवाह सम्भव भयो होला ।
हामी चारजना साथी थियौँ र अक्सर पिउनका लागि हामी नजिकैको शहरमा जान्थ्यौँ । सायद मेरा साथीहरुलाई म दुखी छु भन्ने लाग्यो होला त्यो दिन ।
ग्लासमा बियर हाल्दै उनले भने, ‘किन यति दुखि हुन्छौ ? हिँड मसँग ! यदि विवाह गरिस भनेपनि तँलाई त्यति मजा आउँदैन होला । हेर दुनिया कति रंगिन छ, त्यसको मजा लिन सि, हिँड मसँग’ ।
उनले धेरै जिद्धि गरेपछि हामी एउटा होटलमा गयौँ । मैले धेरै ब्लु फिल्म हेरेको थिएँ तर वास्तविक जीवनमा म कुनै महिलासँग पहिलो पल्ट साथमा थिएँ । त्यसपछि त के चाहियो, होटल जाने मेरो बानीनै भयो । पाँच वर्षसम्म यो क्रम चलिरह्यो ।
आत्मसन्तुष्टिका लागि यो सजिलो तरिका थियो । तर एक दिन मेरो यो कर्तुत घर परिवारमा थाहा भयो । मेरो बुबाले यसको बारेमा थाहा पाए । उनको रिस निकै उचाइमा थियो ।
म माथि हात उठाउन त सकेनन् तर चिच्याएर आफ्नो रिस शान्त पार्दै थिए । ‘‘तँलाई लाज लाग्दैन यस्तो गर्न ? आफ्नो आमा र दिदीको बारेमा त एकपटक सोच्नुपर्छ उनीहरुले समाजमा के मुख देखाउँछन् ?’ आमा र दिदी अर्कोतर्फ रोइरहेका थिए । दिदीको घरतिर पनि यो कुरा फैलिसकेको थियो ।
मैले साथीहरुले मलाई रक्सि पिलाएर होटलमा लगेको र नशामा भएकाले के भयो थाहा नभएको भनी सफाइ दिएँ र गल्ती गरेको भन्दै माफी मागेँ ।
‘यतिका वर्ष सम्म एउटै गल्ती किन दोहोर्याइस त ?’ बुबाको अर्को प्रश्नको मसँग कुनै जवाफ थिएन । दिदी र भिनाजुले अर्को तर्फ आफ्नै सुरमा गाली गरिहेका थिए ।
सबैको कुरा सुन्दा मैले ठूलै गल्ती गरेको जस्तो मानौँ मैले कसैको हत्या नै गरेको जस्तो भइरहेको थियो । तीनदिनसम्म बुबा मसँग बोल्नुभएन । तेस्रो दिन सिधै भन्नुभयो, ‘ तेरो लागि एकजना विधवाको प्रस्ताव आएको छ ।
उनको पाँच वर्षको छोरा छ तर केटी राम्रो परिवारकी हो’ । ‘केटीको बुबालाई तेरो हरकत थाहा छ तर विवाहका लागि ऊ राजी छ । छोरा तेरो उमेर बढिरहेको छ । ३१ वर्षको भइस यो प्रस्ताव मानिदे ।’ ‘अब त तँ राम्रो कमाउँछस्, गृहस्थी बसा हामी पनि खुशी हुन्छौँ’ बुबाले भन्नुभयो ।
तर मलाई त कोहि अरुनै मन परिसकेको थियो । मैले मन पराएकी केटी त्यहि होटलमा काम गर्थिन जहाँ म ‘सेक्स वर्कर’ महिला भेट्न जान्थेँ । उनी हाउस किपिङको काम गर्थिन् । पैसा कम कमाउँथिन तर उनको एउटा कुरा निकै राम्रो थियो ।
जब उनी मुस्कुराउँथिन उनी निकै राम्री देखिन्थिन । तर उनलाई पनि म सेक्स वर्करसँग गएको मन पर्दैनथियो । त्यसैले उनले मेरो विवाह प्रस्ताव अस्विकार गरिन् । उनले अरुसँगै विवाह गरिन् ।
म निकै विचलित भएँ । मलाई अधुरो महसुस हुन थाल्यो । यो अधुरोपन कसैको साथको थियो जसले मेरो भावना बुझोस र जीवनभर मेरो साथ होस । विवाहित जीवनको कमी अब मलाई महशुस हुन थाल्यो ।
परिवारलाई पनि समाजमा घुलमिल हुन गार्हो भइरहेको थियो । मैले घर छोडेँ । तर दुई हप्तापछिनै आमा बुवाले आमा बुवाले बोलाउनुभयो म फर्किएँ ।
तर विवाहबारे सबैको प्रश्न ज्युँका त्युँ थियो । परिवार मेरो व्यहोरा देखेर हैरान थियो । समाज पनि त्यस्तै, यसलाई त्यस्तै विषयमा धेरै चासो हुन्छ जसले उनीहरुलाई मजा दिन्छ र अरुलाई दुख ।
यो पटक मैले सँधैका लागि घर छोड्ने निर्णय गरेँ । शहर नयाँ, मान्छेहरु नयाँ तर मेरो बानी पुरानै । म कहिले छिमेकमा बस्ने महिला त कहिले नजिकैको शहरमा गएर मन भुलाउन थालेँ ।
कयौँ पटक त मेरो बोस पनि मसँगै जान्थे । उनलाई म माथि पुरा भरोसा थियो । आज म ३९ वर्षको भइसकेँ तर एक्लो महसुस गर्दिन ।
विवाहको जुन सपना सजाएको थिएँ त्यो श्रीमतीको साथ न सहि तर अरु महिलासँग पुरा भइसकेको छ । सब चल्छ, जीन्दगी हो । अब त परिवारले पनि योबारेमा सम्झौता गरिसकेको छ ।
मेरो सानो भाइले एक आदिवासी महिलासँग प्रेम विवाह गरेका छन् । म अब स्वतन्त्र पंक्षी हुँ । विवाहको सपना छोडिसकेँ किनकी यहि लाइफ स्टाइलमा मेरो रस बसिसक्यो । अहिले मेरो महिनाको पारिश्रमिक ४० हजार रुपैयाँ छ ।
त्यो बाहेक केहि अन्तबाट पनि कमाइ हुन्छ । अब जीवनमा केहि कुराको कमी छैन । त्यसैले ग्लानी पनि छैन ।
थाहा छैन विवाह भएको भए जीन्दगी कस्तो हुन्थ्यो । तर आज समाजको व्यंग्य वा भनाईहरुबाट कोसौँ टाढा छु म । मेरो स्वतन्त्र जीन्दगी धेरै सुन्दर छ ।
(यो कहानी बिबीसी हिन्दीको ‘हिज च्वाइस’ सिरिजको १२ कहानीमध्ये एक हो, जसमा सबै पुरुषको सत्य कहानी समेटिएको छ । यस सिरिजको माध्यमबाट समाजका फरक पुरुषको मन–मस्तिष्कसम्म पग्ने प्रयास गरिएको छ ।
लेखकले आफ्नो परिचय गोप्य राख्ने अनुमति छन् र कहानी उनकै शब्दमा राखिएको छ)