CG Electronics
IME Life
NIMB

आईएमई पे : समय डिजिटल वालेटको

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

प्रविधिको विकाससँगै आर्थिक कारोबार गर्नका लागि विभिन्न उपकरणको विकास भइरहेको छ ।

 

आर्थिक कारोबार सिक्का, रूपैयाँ, कार्ड हुँदै आज मोबाइल वालेटमा आइपुगेको छ । सूचना प्रविधिको विकासले मुद्राको कारोबार विद्युतीय स्वरूपमा कार्ड तथा मोबाइल वालेटबाट हुन थालेको छ ।

 

भुक्तानी कार्डहरू (डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड) पछि डिजिटल वालेटको विकास भएको हो । यसले सानो मूल्यका भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन नै ल्याइदिएको छ ।

 

नेपालमा पनि सन् २००२ बाट इन्टरनेट बैङ्किङ सेवा सुरु भएको थियो भने सन् २००४ बाट मोबाइल बैङ्किङ सेवा सुरु भएको थियो । यी सुविधा सुरुमा वाणिज्य बैङ्कले नेपालमा भित्र्याए पनि हाल बैङ्क तथा वित्तीय संस्थाका अतिरिक्त गैरबैङ्किङ वित्तीय संस्थाले पनि डिजिटल वालेटको सुविधा दिइरहेका छन् । नेपालमा विद्युतीय कारोबार गर्न खुलेका गैरबैङ्किङ वित्तीय संस्थामध्येको एक हो– ‘आईएमई पे’ ।

 

 

नेपालमै सबैभन्दा ठूलो रेमिट्यान्स कारोबार गर्दै आइरहेको आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई पे डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैङ्कको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२’ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको छ । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी पनि बनेको छ ।

 

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराएको छ । यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् ।

 

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्र्न, मोबाइल रिचार्ज गर्न र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्न सकिने आईएमई पेका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठले बताए ।

 

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...