Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आईएमई पे : समय डिजिटल वालेटको

 

प्रविधिको विकाससँगै आर्थिक कारोबार गर्नका लागि विभिन्न उपकरणको विकास भइरहेको छ ।

 

आर्थिक कारोबार सिक्का, रूपैयाँ, कार्ड हुँदै आज मोबाइल वालेटमा आइपुगेको छ । सूचना प्रविधिको विकासले मुद्राको कारोबार विद्युतीय स्वरूपमा कार्ड तथा मोबाइल वालेटबाट हुन थालेको छ ।

 

भुक्तानी कार्डहरू (डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड) पछि डिजिटल वालेटको विकास भएको हो । यसले सानो मूल्यका भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन नै ल्याइदिएको छ ।

 

नेपालमा पनि सन् २००२ बाट इन्टरनेट बैङ्किङ सेवा सुरु भएको थियो भने सन् २००४ बाट मोबाइल बैङ्किङ सेवा सुरु भएको थियो । यी सुविधा सुरुमा वाणिज्य बैङ्कले नेपालमा भित्र्याए पनि हाल बैङ्क तथा वित्तीय संस्थाका अतिरिक्त गैरबैङ्किङ वित्तीय संस्थाले पनि डिजिटल वालेटको सुविधा दिइरहेका छन् । नेपालमा विद्युतीय कारोबार गर्न खुलेका गैरबैङ्किङ वित्तीय संस्थामध्येको एक हो– ‘आईएमई पे’ ।

 

 

नेपालमै सबैभन्दा ठूलो रेमिट्यान्स कारोबार गर्दै आइरहेको आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई पे डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैङ्कको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२’ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको छ । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी पनि बनेको छ ।

 

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराएको छ । यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् ।

 

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्र्न, मोबाइल रिचार्ज गर्न र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्न सकिने आईएमई पेका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठले बताए ।

 

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:३४

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा...

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

वि.सं.२०८२ असार २४ मंगलवार २०:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:२९

    काठमाडौं । बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने...

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...