Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एनसेलले दियो ‘रिचार्ज एण्ड विन’ अफरको नगद पुरस्कार

Machhapuchchhre Bank Limited

काठमाडौँः एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

‘रिचार्ज एण्ड विन’ १० हप्तासम्ममा सञ्चालन हुने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार (भाद्र २६ गते) एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रशारणमार्फत छानिएका हुन् ।

 

१० भाग्यशाली विजेता ग्राहकध्ये दुई जनाले बिहीबार जनही एक लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेतो आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले त्यही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकहरुसँगै पुरस्कार हस्तान्तरण गर्नेछ ।

पहिलो हप्ताका थप पाँच विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिनेछ ।

एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेजका निर्देशक महेन्द्रकुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रममा झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहीबार जनही एक लाख नगद प्रदान गरेका हुन् ।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट सञ्चालनमा रहेको छ । यस योजनामा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद एक लाख नगद पुरस्कार पाउँछन् । यो योजना अन्र्तगत प्रत्येक विजयीले एक लाख नगद पुरस्कार पाउँछन् र यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ ।

यो योजना साप्ताहिक चक्रमा सञ्चालन भइरहेको छ, जसको सुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबारदेखि शनिबारसम्मको अवधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा उनीहरुले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् ।

ग्राहकले आइतबारदेखि शनिबारसम्ममा २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत दुईवटा विशेष कोडहरु प्राप्त गर्छन् ।

प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट एपिवानबाट हुने प्रत्यक्ष प्रशारणमा हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने त्यो कार्यक्रम मंगलबार साँझ ७ बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...