CG Electronics
IME Life
NIMB

एनसेलले दियो ‘रिचार्ज एण्ड विन’ अफरको नगद पुरस्कार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँः एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

‘रिचार्ज एण्ड विन’ १० हप्तासम्ममा सञ्चालन हुने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार (भाद्र २६ गते) एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रशारणमार्फत छानिएका हुन् ।

 

१० भाग्यशाली विजेता ग्राहकध्ये दुई जनाले बिहीबार जनही एक लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेतो आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले त्यही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकहरुसँगै पुरस्कार हस्तान्तरण गर्नेछ ।

पहिलो हप्ताका थप पाँच विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिनेछ ।

एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेजका निर्देशक महेन्द्रकुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रममा झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहीबार जनही एक लाख नगद प्रदान गरेका हुन् ।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट सञ्चालनमा रहेको छ । यस योजनामा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद एक लाख नगद पुरस्कार पाउँछन् । यो योजना अन्र्तगत प्रत्येक विजयीले एक लाख नगद पुरस्कार पाउँछन् र यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ ।

यो योजना साप्ताहिक चक्रमा सञ्चालन भइरहेको छ, जसको सुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबारदेखि शनिबारसम्मको अवधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा उनीहरुले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् ।

ग्राहकले आइतबारदेखि शनिबारसम्ममा २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत दुईवटा विशेष कोडहरु प्राप्त गर्छन् ।

प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट एपिवानबाट हुने प्रत्यक्ष प्रशारणमा हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने त्यो कार्यक्रम मंगलबार साँझ ७ बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...