CG Electronics
IME Life
NIMB

चाडको मौका छोपेर मूल्यवृद्धि गरेको थाहा पाए, हामीलाई फोन गर्नू : आपूर्तिमन्त्री यादव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको बजार भाउ नबढेको र अभाव पनि नभएको स्पष्ट पारेका छन्।

आइतबार रिपोर्टस क्लबमा बोल्दै मन्त्री यादवले कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे।

‘बजारमा चिनीको कुनै अभाव छैन। र, बजार भाउ पनि बढेको छैन,’ उनले भने।

उनले बजार अनुगमन गर्ने र कालोबजारी हटाउने प्रतिवद्धता व्यक्त गरे।

चिनीको अभाव भयो भनेर पत्रकारले लेखेका समाचारप्रति आपत्ति जनाउँदै उनले अभाव भयो भनेर लेख्नेलाई चिनीको बोरा दिएर पठाउने समेत दाबी गरे।

‘चिनीको अभाव छ भनेर समाचार लेख्नेहरूलाई कति चाहियो? चिनीको बोरा नै जीउमा हालेर पठाइदिन्छौं,’ उनले भने।

चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको भन्दै हल्ला चलेकोमा उनले खण्डन गरे।

‘अहिलेको जमानामा त्यति सजिलो छ र ? यत्रो पैसा चलखेल गर्नलाई, ट्रकविना त्यत्रो पैसा चल्दैन। जीपमा बोकेर हुँदैन। एउटा ट्रकले मात्रै पनि हुँदैन। त्यत्रो ट्रक बोक्न दुइटा ट्रक चाहिन्छ। अर्बौंको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि। यसमा निष्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु,’ उनले भने।

चाडपर्वको मौका छोपेर बजारमा कालोबजारी, अनियमितता, कृत्रिम अभाव र मूल्यवृद्धि गरेको थाहा पाए तुरुन्त आफूहरूलाई सम्पर्क गर्न आग्रह गर्दै डिजी योगेन्द्र गौचनको मोबाइल नम्बर ९८२३–२३७५८८ दिए।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...