CG Electronics
IME Life
Ncell NPL

नेकपा वैठकमा यसकारण परे महासचिव पोखरेल निशानीमा, गौतमले भने भारतसंग जोडेर बदनाम गराउन खोजियो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाण्डौ । पटक पटक स्थगित हुँदै आइतबार बसेको नेकपाको बैठकमा पार्टी एकता पछि निक्कै चर्का चर्कि भएर सकिएको थियो ।

झण्डै ४ घण्टा चलेको बैठकले ठोस निर्णय लिन नसकेपनि नेताहरुबीच लामै छलफल चल्यो । गत २२ गते वसेको बैठकमा रामवीरको राजिनामा र वामदेवको काठमाण्डौ –७ आगमनको विषयबाट स्थगित भएको बैठक दुई हप्तापछि बसेको थियो ।

दुईहप्तापछि बसेको बैठकमा भारत प्रसंग निकै जोड तोडका साथ उठेको थियो । स्रोतका अनुसार सचिवालयका ७ नेताहरु एकातिर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल अर्कातिर हुन पुगेका थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुकार नेपालले, ‘वर्तमान सरकारसंग जनताको अपेक्षा निकै ठूलो छ, तर अपेक्षा गरे अनुसारका काम कार्वाही हुन सकेका छैनन् भन्दा, अनि पार्टीको नेतृत्व सिष्टम अनुसार चलेन भनेर सचेत गराउन खोज्दा भारतसँग मिलेर सरकार ढाल्न खोजेको अर्नगल प्रचार गरियो।’

भारतसँग जोडेर आफू लगायतका नेताको बदनाम गर्न खोजिएको भन्दै बरिष्ठ नेता नेपालले बैठकमा आक्रोस पोखेका थिए।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता माधव नेपाल र अर्का नेता वामदेव गौतमले भारत प्रसंगको विषयमा प्रतिवाद गरेका थिए ।

बैठकको केन्द्रविन्दुमा परेको थियो रक्षामन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस जस्ले दाहाल, नेपाल र गौतमलाई निक्कै आक्रोसित बनायो । गौतमले त बैठकमा आफुलाई भारत परस्त भन्नेहरु नै भारतको नजिक रहेको भन्दै प्रतिवाद गरेका थिए ।

गौतमको आक्रोस थियो, ‘कतिसम्म भने, भारतीय योजनामा उपनिर्वाचनमा उठ्न खोजेको भन्ने घृणित आरोप समेत लगाइयो।’

‘ पहिला वातावरण नबन्दासम्म मलाई तपाईं जहाँ चाहनुहुन्छ, त्यहाँ उठ्नोस् भनियो, तर जब काठमाडौँ–७ मा रामवीर मानन्धरले मेरा लागि छोड्छु भन्नुभयो, त्यसपछि मविरुद्ध नियोजित रुपमा अनर्गल प्रचार सुरु भयो।’

रक्षामन्त्री पोखरेलले नै आफूविरुद्ध नियोजित रुपमा प्रचार सुरु गरेको आरोप गौतमले लगाएका थिए। बैठकमा लामो समय खर्चिएका गौतमले प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षामन्त्री ईश्वर पोखरेलविरुद्ध आफ्ना भनाई केन्द्रित गरेका थिए ।

उता अध्यक्ष दाहालले पनि असन्तुष्टिको केन्द्रमा रक्षामन्त्रीको, स्टाटस नै परेको थियो । दुईदेशबीचको सम्बन्ध बलियो बनाउन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सहयोग पु¥याउन आफूले भारत भ्रमण गरेको भएपनि भ्रमणलाई बदनाम गराउने प्रयास सरकारमा रहेका मन्त्रीबाटै भयो ।

यस्ले पार्टी जीवनमा राम्रो गर्दैन अध्यक्ष दाहालको दुखेसो थियो । दाहाल, नेपाल र गौतमको भनाईप्रति बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायतका नेताले पनि समर्थन जनाएको स्रोको भनाइ छ ।

सचिवालय बैठक सोमवार १ वजे वस्नेगरि स्थगित भएको छ । सोमवारको बैठकमा वरिष्ठ नेता नेपालको असन्तुष्टि पत्र, मातहतका कमिटी एकता र सरकारका मन्त्रीहरुको कामको मुल्याङकनका विषयमा छलफल हुने एजेण्डा रहेको छ ।

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...