CG Electronics
IME Life
Ncell NPL

मान्छे कुट्ने वडाअध्यक्ष यसरी परे प्रहरीको फन्दामा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

ओखलढुङ्गा  । दशैंमा मदिरा पिएर सर्वसाधरणलाई कुट्दै हिंड्ने एक वडाध्यक्षको दशैंको मैजारो प्रहरी खोरमा भएको छ ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ६ थाक्लेका वडाध्यक्ष हेमराज राईले सर्वसाधारण र पेट्रोल पम्प सञ्चालकमाथि कुटपिट गरेपछि प्रहरी खोरमा पुगेका हुन् ।

रक्सी पिएर सर्वसाधारणमाथि हातपात गर्दा राई प्रहरी खोरमा पुगेका छन् । रक्सी पिएर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् ।

शनिबार राति रक्सीले मातेर पेट्रोल पम्पमा पुगेका राईले सञ्चालक र स्थानीयमाथि हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख अनन्तराम शर्माले अनुसन्धान गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइने बताए ।

शर्माले जिम्मेवार व्यक्ति नै झडपमा उत्रिएपछि कानुनी कार्बाही गर्नु परेको दावी गरे । स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षत्रेमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ । वडा अध्यक्षबाटै असुरक्षित हुने अवस्था आएको पीडित पक्षले गुनासो गरेका छन् । घटनापछि प्रहरीले हर्कपुरबाट राईलाई पक्राउ गरेको थियो ।

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...