CG Electronics
Ncell NPL
NIMB

बुद्ध एयरले बनायो नयाँ रेकर्ड, एकै दिन पाँच हजार ४४० यात्रु उडायो

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं  । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो उडान इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।

बुद्ध एयरले एकै दिन ५ हजार ४४० यात्रुलाई गन्तव्य पु याएर नेपाली उड्डयन इतिहासमा फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

बुद्धले हिजो सोमबार (कात्तिक ५ गते) ११ जहाजबाट ती यात्रु बोकेको हो । सन् १९९७ मा कम्पनी स्थापना भएयता एकै दिन यति धेरै संख्याबराबरका यात्रु बोकेको पहिलो पटक भएको बुद्धले जानकारी दिएको छ ।

गत आइतबार (कात्तिक ४ गते) ५ हजार ३ सय ७२ यात्रुलाई गन्तव्यमा र्पुयाएर नयाँ रेकर्ड राखेको बुद्धले त्यही रेकर्ड सोमबार तोडेको हो ।

त्यसैगरी गत असोज २९ मा ५ हजार ९ र त्यसको दुई दिनअघि असोज २७ मा ४ हजार ९ सय ३८ र असोज २१ मा ४ हजार ६ सय यात्रुलाई गन्तव्यमा र्पुयाएर नयाँ रेकर्ड राखेको थियो ।

‘हामीले सोमबार ५ हजार ४४० यात्रु बोक्यौं’, बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘२१ वर्षअघि कम्पनी स्थापना भएर पहिलो उडान गरेयता एकै दिन यति धेरै यात्रु बोकेको पहिलो पटक हो ।’

जोशीका अनुसार अधिकांश उडान काठमाडौंबाट भएका थिए । केही उडान भने भरतपुरबाट पोखरा, भैरहवाबाट पोखरा र तुम्लिङटारबाट विराटनगरका लागि भएको थियो ।

बुद्धले औसत दैनिक ४ हजार यात्रु बोक्ने गर्छ । असोज महिनामा दैनिक औसत ४ हजार ३ सय यात्रु बोकेको जोशीले जानकारी दिए ।

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...