CG Electronics
Ncell NPL
NIMB

सहकारीका सदस्यलाईं उद्यमशिल बनाउन वित्तीय सहयोग सहकारी बैंकले गर्ने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय हेटौडा शाखाको आयोजनामा सदस्य सहकारी संघ संस्थाहरुसंगको एक दिने अन्तरक्रिया आइतवार कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी बैंकका सेवा सुविधालाई थप प्रभावकारी बनाउन तथा सदस्य सहकारी संघ संस्थाहरुबीचको सम्बन्धलाई थप सहज बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको शाखाले जनाएको छ ।

कार्यक्रममा बैैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारी क्षेत्रलाई राज्यले लिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि उत्पादन क्षेत्रलाई प्रभावकारी बनाउन सहकारी क्षेत्रको भूमिका बढाउन पर्नेमा जोड दिनु भएको छ ।

स्वरोजगार बनाउन सहकारी संघ संस्थाहरुलाई आफ्ना सदस्यहरुलाई उद्यमशिल बनाई आयआर्जन वृद्धि गर्ने खालका कार्यक्रम तय गर्न आग्रह गर्दै उहाँले त्यसका लागि आवश्यक वित्तीय व्यवस्था सहकारी बैंकले गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले सहकारीहरुमा रहेको तरलता सबै राष्ट्रिय सहकारी बैकमा राख्न र आवश्यक रहेको पूँजि सहकारी बैंकबाट लिएर सदस्यहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका सञ्चालक बद्रीप्रसाद लम्सालले सहकारी क्षेत्रलाई वित्तीय रुपमा सक्षम बनाउनका लागि सहकारी बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन सहकारी संघ संस्था र बैंकबीच समन्वय आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी., सहकारी बैंक हेटौडा शाखा समन्वय उपसमितिका सल्लाहकार विरेन्द्र ढुंगाना, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष राधा सिङ्तान, जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी लगायतले सहकारी क्षेत्रमा रहेको पूँजिलाई परिचालन गरी सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा बैंकका नायव महाप्रवन्धक बद्रीकुमार गुरागाई र सहायक महाप्रवन्धक हरिकृष्ण सापकोटा, हेटौडा शाखाका प्रमुख रामेश्वर अर्यालले बैंकको वित्तीय अवस्था, आगामी कार्ययोजना र सदस्य संघ संस्थाहरुका लागि आवश्यक प्रविधि, शिक्षा तथा तालिम र वित्तीय व्यवस्थापनका बारेमा सहजीकरण गर्नु भएको थियो ।

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...