सानिमा जनरल इन्स्योरेन्सको बिराटनगरमा शाखा
Wednesday Oct 31, 2018
वि.सं.२०७५ कात्तिक १४ बुधवार १०:४४

काठमाडौ । आज मिति २०७५÷०७÷१४ का दिन सानिमा जनरल इन्स्योरेन्स, विराटनगर शाखा कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका सहायक महा प्रवन्धक श्री राजु पौडेल तथा सहायक महा प्रवन्धक श्री अनिल राज गिरीको समुपस्थितिमा कम्पनीका संचालक श्री खेम राज लामिछाने गरेका छन् । कम्पनीले आ.व. २०७५÷०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहँुचका साथै यथोचित सुविधा पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।
देशका विभिन्न सफल उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको साथै दक्ष तथा अनुभवी कर्मचारीवाट सेवा प्रधान गरिएको कम्पनलीले बताएको छ ।
कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने कम्पनीले लक्ष्य राखेको छ ।




























