रामजानकी विवाहोत्सवको दोस्रो दिन शनिबार ‘फूलबारीलीला’सम्पन्न
Sunday Dec 09, 2018
वि.सं.२०७५ मंसिर २३ आइतवार ०५:२२

निरंजन साह, जनकपुधाम । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा साताव्यापी कार्यक्रमका साथ सुरु भएको रामजानकी विवाहोत्सवको दोस्रो दिन शनिबार ‘फूलबारीलीला’ हेर्न ठुलो संख्यामा श्रद्धालु र स्थानीय जुटेका थियो ।
मर्यादा पुरुषोत्तम राम र सीताको रुप दिइएको थिइएको थियो, दुई बालबालिकालाई यसका साथै अन्य बालिकाहरुलाई सीताको साथी बनाइएको थियो । उनीहरुको श्रृंगार र सज्जाधज्जा हेर्दा त्रेता युगमा भगवान राम र सीता शायद यस्तै थिए, ‘फूलबारीलीला’ हेर्न पुगेका सयौं श्रद्धालुहरुलाई
मिथिलाका राजा जनकले छोरी सीताको विवाहगर्न राखेको शर्त शिव धनुष तोड्नु एक दिनअघि राम र सीताको फूलबारीमा भेट भएको मान्यता रहेका छन ।
र, सीतासँग अयोध्यावासी रामको पहिलो भेट भएको अवसरमा हरेक वर्ष रामजानकी विवाहोत्सवको अवसरमा ‘फूलबारीलीला’ मनाइन्छ ।
विवाहमण्डप परिसरमा राम र सीताको भूमिका निर्वाह गरीरहेका बालबालिकाको अभिनयले ‘फूलबारीलीला’ हेर्न पुगेकाहरुलाई मन्त्रमुग्ध बनाइरहेको छ । ‘फूलबारीलीला’ को अवसरमा बजाइने गीत र संगीतले राम–सीताको पहिलो भेटको झझल्को दिइरहेको थियो भने त्यहाँको माहौल भक्तिमयसमेत बनेको थिय ।
फूलबारीलीलाको दोस्रो दिन आइतबार धनुषयज्ञ कार्यक्रम राखिएका छन । रामायणमा उल्लेख भएअनुसार राजा जनकले राखेका शर्तअनुसार भगवान रामले शिव धनुष तोडेपछि राम र सीताको विवाहसम्पन्न भएको थियो ।
सोहि मान्यता अनुसार जानकी मन्दिरमा धनुषयज्ञको कार्यक्रम राखिएको जानकी मन्दिरका पुजारी रामरोशन दासले बताए।जानकी मन्दिर प्राङ्नमा हुने धनुषयज्ञ कार्यक्रमपछि सोमबार तिलकोत्सव कार्यक्रम हुने पुजारीले बताएका छन ।
राम मन्दिर परिसरमा हुने तिलकोत्सव कार्यक्रममा भगवान रामको पिता दशरथको भूमिका राम मन्दिरका महन्त राम गिरीले गर्नेछन् भने सीताको पिता जनकको भूमिका जानकी मन्दिर महन्तले निर्वाह गर्दै आएको हो ।
भारतको अयोध्यबाट पुगेका साधुसन्तहरुको समेत सहभागिता रहने तिलकोत्सव कार्यक्रममा मैथिली परम्परा अनुसार हाँसो ठट्यौलीसमेत हुने गरेको छ ।




























