CG Electronics
Ncell NPL
NIMB

क्रुर हत्यारा पुलिसकर्मी जसले ५५ महिला र २३ पुरुषको हत्या गरे

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

रुसका एक पूर्व पुलिसकर्मीलाई दोस्रो पटक जन्मकैदको सजायँ सुनाइएको छ । मिखाइल पापकोवलाई रुसका सबैभन्दा खतरनाक सिरियल किलर भनिन्छ । ७८ जनाको हत्यामा उनी दोषी ठहरिएका छन् ।

साइबेरियामा तैनाथ यी पुलिसकर्मीलाई ५६ महिलाको हत्यामा दोषी ठहराउँदै दोस्रो पटक जन्मकैदको सजायँ सुनाइएको हो ।

पापकोव अन्य २३ को हत्या गरेका कारण पहिले नै जन्मकैदको सजायँ काटिरहेका छन् ।

अबेर राती आफ्नो कारमा महिलालाई घुमाउन लैजाने बहानामा उनी क्रुरतापूर्वक हत्या गर्दथे ।

तीमध्ये उनले कम्तीमा ११ महिलालाई बलात्कार पनि गरेका थिए । तीनवटा मुद्दामा उनी आफ्नो ड्युटीमा पुलिसको गाडीमा थिए ।

६ वर्ष अघि डिएनए परिक्षणको आधारमा पपकोवलाई पक्राउ गरिएको थियो ।

मारिएका महिलाको उमेर १५ देखि ४० वर्षको बीच थियो । यसबाहेक उनले एक पुलिस कर्मीको पनि हत्या गरेका थिए ।

यी सबै हत्या उनले सन् १९९२ देखि २००७ मा गरेका थिए ।

पापकोवले यी महिलालाई इर्कुत्स्कको अंगस्र्क शहर नजिकै बञ्चरो र हम्मरले हत्या गरे । शवलाई टुक्रा पारेर सडक किनारा, जंगल र स्थानीय चिहानमा फ्याँकिदिए ।

पापकोवले अंगस्र्कका तथाकथित चरित्रहीन महिलालाई ‘शुद्ध’ गराएको दाबी गरेका छन् ।

यसअघि रुसका अलेक्जेन्डर पिचुश्किनले ४८ जनाको हत्या गरेका थिए । साथै सोभियत जमानामा आन्द्रेई चिकातिलोले ५२ जनाको हत्या गरेका थिए ।

बीबीसी

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...