कामना सेवाविकास बैंकको घरदैलो कार्यक्रम
Saturday Dec 15, 2018
वि.सं.२०७५ मंसिर २९ शनिवार ०८:४९

काठमाडौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व तथा वित्तीय अभियानलाई निरन्तरता दिँदै बैंकका ६१ वटै शाखा कार्यालयबाट कर्मचारी, संचालकतथा संस्थापकहरुको उपस्थितिमा एकै साथ आ–आफ्ना क्षेत्रमा“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने नाराका साथ बृहत् घर–दैलो, तथाभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका ग्राहक महानुभावहरू तथा स्थानीय विशिष्ट यक्तित्वहरुको समेत उल्लेख्य उपस्थिति रहेकोे उक्तकार्यक्रमले “बैंकको नाम जस्तै काम”भन्ने जनविश्वासलाई अझै सुढृढ गरेको छ बैंकले जनाउको छ ।
सोही अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच ज्ञान विकास आधारभुत विद्यालयका प्रधानाध्यापक रमादेवि थापा मार्फत उत्त mविद्यालयमा अध्यनरत विद्यार्थीहरुका निमित्त न्यानो कपडा हस्तान्तरण गरेको छ ।
साथै, सो कार्यक्रममा का म न पा वडा नं. ३० का वडाअध्य श्रदलबहादुर कार्कीले बैंकले यस ठाउँमा आफ्नै भवनबाट अत्याधुनिक बैंकिङसेवादिनु अत्यन्तै सराहानीय रहेकोले आफूले सक्दो सहयोग र सहकार्य गर्ने समेत बताउनु भयो ।
बैंक सञ्चालक समितिका सदस्य विश्वेश्वर सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा बैंकका कामु. प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेतले उपस्थित सबैलाई स्वागत तथा धन्यवाद दिँदै बैंकको भावी योजनाबारे बताउनु भएको थियो ।




























