CG Electronics
Ncell NPL
NIMB

पेस्तोलसहित चार युवा पक्राउ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

भक्तपुर पौष १५ ।   : सशस्त्र प्रहरीले भक्तपुरको भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित च्वंगा गणेश रेस्टेरेन्टबाट शनिबार एक थान इटालियन पेस्तोलसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनामा आधारमा सशस्त्र प्रहरी बलको भक्तपुर ब्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेको २८ गुल्मबाट खटिएको सशस्त्र प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

गुल्मका प्रमुख गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशकुमार सुवेदीका अनुसार मुगु घर भइ हाल सुर्खेत बस्ने २२ वर्षीय भीमप्रसाद दाहाल, कालीकोट घर भइ भक्तपुर सल्लाघारी बस्ने २१ वर्षीय बलजीत शाही, २५ वर्षीय मोतीलाल शाही र १८ वर्षीय जगेश शाहीलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएकामध्ये मोतीलालको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एकथान, त्यसमा लाग्ने गोली पाँच राउन्ड र एक थान म्याग्जिन बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । उनले उनीहरुको साथबाट १२ हजार दुई सय एक रुपैयाँ र दुई थान मोबाइलसमेत बरामद भएको बताए ।

शनिबार दिउँसो साढे तीन बजे सल्लाघारीस्थित च्वंगा गणेश रेस्टुरेन्टमा हतियारसहितका व्यक्तिहरु बसेको भन्ने विशेष सूचना प्राप्त भएको उनी बताउँछन् । उक्त सूचना पाउनासाथ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक देवसिंह भाटको नेतृत्वमा खटिइ गएको टोलीले ती व्यक्तिहरुलाई इटालियन पेस्तोलसहित नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

गुल्मले शनिबार नै उनीहरुलाई सार्वजनिक समेत गरेको छ । सार्वजनिक गरेपछि आवश्यक कानुनी कारबाहीको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको जिम्मा लगाइएको गुल्मले जनाएको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...