CG Electronics
Ncell NPL
NIMB

सचिव माथिको आक्रमण अलोकतान्त्रिक नेता जोशी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited
निरंजन साह,जनकपुरधाम २ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं  पुर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले प्रदेश नं. २ का उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव माथिको आक्रमण लोकतान्त्रिक मुल्य मान्यता विपरित रहेको बताएका छन । राष्ट्र सेवक सेवक कर्मचारीको रक्षा गर्ने दायित्व लिएका सरकारका मन्त्रीबाट सचिवमाथिको आक्रमण संघीयता नै समाप्त गर्ने षडयन्त्र भएको उनले आरोप लगाएका छन ।  नेपाल प्रेस युनियन धनुषाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता जोशीले प्रदेश नम्बर दुईका आर्थिक मामिला मन्त्री विजय यादवले आफ्नो नजिकका एनजिओलाई कार्यक्रम नपारेको भन्दै सचिव लाई हातपात गर्नु अलोकतान्त्रिक चरित्र भएको बताए  ।प्रजातन्त्रमा कसैको अभिव्यक्ति स्वतन्त्रता दबाउनका लागि हातपात गर्ने स्वतन्त्रता कसैलाई पनि नरहेको बताए । उनले भने ‘जसरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री  यादवले सचिव विद्यानाथ झामाथि हातपात गरेका छन् त्यो आपत्तिजनक छ ।’
देशमा संघियता आइसकेपछि सबैको काँधमा संघियता कार्यान्वयन गर्ने अभिभारा रहेकोले यस प्रकारको कृयाकलापले संघियतालाई खतरामा पुर्याएको उनको भनाई थियो  । संघियताको सवालमा प्रदेश र संघिय दूबै सरकार उदासिन रहेको नेता जोशीले आरोप लगाए ।  संघिय सरकार जसरी दमनकारी नीति लिएर अगाडी बढ्दै ठीक त्यस्तै प्रदेश सरकार अगाडी बढिरहेकोमा उनले दुःख व्यक्त गरे ।
एक अर्को प्रसंगमा नेता जोशीले संघिय सरकारले कांग्रेस नेताहरुको नाउँमा रहेको अस्पतालको नाउँ परिवर्तन गर्न लागि परेको भन्दै त्यस बिरुद्ध नेपाली कांग्रेस कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले संघिय सरकार सबै क्षेत्रमा डर त्रास फैलाउने कार्यमा संलग्न रहेको आरोप लगाए । उनले भने ‘देशमा मीडियामाथि सेन्सर गर्ने प्रपञ्च भईरहेको छ यस बिरुद्ध नेपाली कांग्रेस उभेको छ ।’
नेता जोशीले देशमा कम्युनिष्ट सरकार रहेसम्म देशले दुःख पाइ रह्ने दावी गरे । उनले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि कांग्रेस आवश्यक रहेको बताए ।
नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंहको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका धनुषाका सभापति महेशशंकर गिरीले नेपाली कांग्रेस प्रदेश नम्बर दुई सचिवमाथि भएको घटनालाई जोडका साथ उठाउने बताएका छन । मन्त्रीद्वारा राष्ट्रसेवक कर्मचारीमाथि हातपात निन्दनीय रहेको उनले बताएका छन । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , नेपाली कांग्रेसका नेता गणेश तिवारी , युवा नेता प्रफुल्ल राज घिमिरे , प्रवेश चौधरी सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...