CG Electronics
Ncell NPL
NIMB

ओली सरकारको निर्णयलाई प्रचण्ड पुत्रीले धोती लगाउदै देउवाको यसरी गरिन् जयजयकार

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौ माघ २ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहालले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारको निर्णय नमान्ने घोषणा गरेकी छिन्। उनले पूर्ववर्ती (शेरबहादुर देउवा नेतृत्वको) सरकारले गरेको निर्णयलाई निरन्तरता दिने स्पष्ट पारेकी छिन्।

देउवाको निर्णय उल्ट्याउँदै ओली सरकारले गरेको निर्णय हो जग्गाको कित्ताकाटमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने। यो निर्णय किसानमारा भएको र जग्गा दलालका लागि गरिएको भन्दै आलोचना भइरहेको छ। यसैक्रममा प्रचण्डकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफ्नो नगरपालिकामा जग्गा कित्ताकाट फुकुवाको निर्णय लागु गर्न नसकिने बताएकी हुन्।

उनले केन्द्र सरकारको निर्णय पूर्ण रुपमा लागु गर्न नसकिने स्पष्ट पारेकी हुन्।

जग्गाको वर्गिकरणका आधारमा जग्गाको अंशबण्डा, किनबेच, प्लटिङको मापदण्ड स्थानीय तहले नै बनाउने उल्लेख गरिएको नीति अनुसार भरतपुरमा थप गृह कार्य गर्न आवश्यक रहेको भन्दै जग्गा कित्ताकाट प्रतिबन्धलाई यथावत राखिने उनको भनाई छ।

जग्गाको कित्ताकाट फुकुवा निर्णय भएसँगै भरतपुरमा मनपरी तवरले भू–माफियाहरु सल्बलाएका कारण आफूहरुले स्पष्ट कार्ययोजना बनाएर मात्रै जग्गाको कित्ताकाट लागु गर्ने दाहालले जानकारी दिइन्।

विगतमा चितवनको भरतपुरमा मनपरी तवरले जग्गाको कित्ताकाट हुँदा समस्या आएको स्मरण गर्दै रेणुले स्मार्ट सिटी बनाउने भनेर तथ्याकंन संकलन कार्य जारी रहेको र कृषियोग्य जग्गा नै जग्गा प्लटिङ भएको अवस्थामा अब नीति बनेपछि मात्रै कित्ताकाट खुल्ने बताइन। उनले अब मनपरी नचल्ने पनि स्पष्ट पारिन ।

भरतपुरमा अव्यवस्थित तवरले प्लटिङ भएका कारण कृषि योग्य जमिन मासिएको र मनपरी तवरले पैसा खुवाएर जथाभावी प्लटिङ तीव्र रुपमा भइरहेकोले यसलाई रोक्न जग्गा कित्ताकाट नखुलाउने निर्णय गरेको उनको स्पष्टोक्ति छ।

देउवाले सरकारले २०७४ साउन २६ गतेदेखि लागु हुनेगरी तत्कालित भूमिसुधारमन्त्री गोपाल दहितको मन्त्रीस्तरीय निर्णयबाट कित्ताकाटमा प्रतिबन्ध लगाइएको थियो। तर जनतालाई सास्ती भएको तर्क गर्दै भर्खरै ओली सरकारले प्रतिबन्ध फुकवा गरेको छ। फुकुवा भएसँगै खेतीयोग्य जमिन अझै मासिदै जाने चिन्ता किसानमा देखिएको छ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...