CG Electronics
Ncell NPL
NIMB

संसदीय समितीले प्रचण्डकी बुहारीलाई दियो यस्तो डोज,दोषी माथी कारबाही नगरे मन्त्रीलाई नै सोझ्याउने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं, ३ फागुन । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणमा अझै इटालियन ठेकेदार सिएमसीलाई फर्काउने योजनामा लागेपछि अर्थ समितिले चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

काम अन्तिम चरणमा पुग्दा सीएमसीसँगको ठेक्का रद्द भएपछि पनि फेरि फर्काउन पहल भइरहेको बेला अर्थ समितिले खानेपानीमन्त्री विना मगरलार्इ अर्थ समितिले निर्माणाधिन मेलम्ची आयोजनाको बाँकी काम आउँदो असार महिना भित्रै सम्पन्न गर्न निर्देशन दिएको हो ।

संसदको अर्थ समितिमा मन्त्री मगरले सीएमसी फर्किए अर्को विकल्पमा नजाने बताइन् । ‘हामीसँग दुई विकल्प छन्, एउटा सीएमसीलाई फर्काउने र दोस्रो नयाँ टेण्डर गर्ने ।

तर हामीले पहिलो विकल्पलाई प्राथमिकतामा राखेका छौं’ उनले भनिन् ‘यसकारण कि मेलम्चीको काम छिटो सम्पन्न होस् ।’

मन्त्री मगरले नयाँ ठेकेदारलाई जिम्मा दिनुभन्दा सीएमसी फर्किदा नै नेपाललाई फाइदा हुने बताइन् । ‘अझै पनि सीएमसी आउँदा नै नेपाल सरकारलाई फाइदा हुन्छ ।

हामीले सीएमसी नै फर्काउने र नयाँ टेण्डर गर्ने, यी दुवै विकल्पमा गृहकार्य गरेका छौं’ उनले समितिमा भनिन् ‘सीएमसीको निर्णय हेरेर एउटा विकल्प रोज्छौं ।’

सार्वजनिक खरिद ऐन संशोधन गरेर वा त्यो भन्दा उत्तम विकल्प खोजी गरेर मेलम्ची आयोजनाको काम चालु आर्थिक वर्षभित्रै सक्न सभापति कृष्णप्रसाद दाहालले सरकारलाई निर्देशन दिएका हुन्।

समितिले सम्झौता विपरीत मुख्य ठेकेदार कम्पनी सिएमसीले आयोजना छाडेर जानुको कारण पत्ता लगाएर दोषीमाथि कारबाही गर्न पनि निर्देशन दिएको छ ।

राष्ट्रिय गौरवको आयोजना मेलम्चीको ९६ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम सक्न करिब ३ अर्ब रुपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ ।

खानेपानी मन्त्रालयका सहसचिव तेजराज भट्टले मेलम्चीमा अब भुइँ ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेड वर्क्स र फिनिसिङसहितका ७ वटा काम बाँकी रहेको बताए ।

यी कामका लागि लागत र निर्माण अवधि कम गर्ने उपाय खोजी भइरहेको उनले जानकारी दिए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले सीएमसी नै काममा फर्किँदा लागत र समय कम लाग्ने बताए ।

‘सीएमसीले नियमित काम गरेको भए आयोजना दुई महिनामा सकिन्थ्यो । तर अब बाँकी काम सक्न विदेशी ठेकेदार खोजिरहनु पर्दैन, हामी आफैं फास्ट ट्र्याकबाट काम गर्न सक्छौं’ उनले भने ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...