नेपाली कांग्रेसमा निडर सक्रिय क्रियाशिल सदस्य छन् : उपसभापति नीधि
Friday Feb 22, 2019
वि.सं.२०७५ फागुन १० शुक्रवार १२:५०

निरंजन कुमार साह,जनकपुरधाम फागुन १० । प्रदेश नम्बर दुई को राजधानी जनकपुरमा शुक्रबार २००७ सालदेखि नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय क्रियाशिल सदस्य श्रीराम चौधरीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस धनुषाको आयोजनामा शुक्रवार भएको सो कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र नीधिले नेपाली कांग्रेसका निडर सक्रिय क्रियाशिल सदस्य चौधरीले प्रजातन्त्र स्थापनाका लागी गरेका योगदानहरुको बारेमा चर्चा गरेका छन ।
उपसभापति निधिले भने प्रतिबन्धित समयमा समेत चौधरी कांग्रेसलाई साथ दिएको बोल्दै चौधरीको योगदानलाई शब्दमा वर्णन गर्न नसकिने बताए । उपसभापति निधिले भने चौधरी आफुहरुको अभिभावक भएको तर्क राखदै एक कुशल अभिभावक गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
साथै चौधरीले पार्टी, समाज र राष्ट्रका लागि पुर्याएको योगदानको उच्च कदर गर्न नेपाली कांग्रेसलाई अनुरोध गरेका छन ।
चौधरीको व्यक्तित्व र नेपालको प्रजातान्त्रिक आन्दोलनमा चौधरीले पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो ।
चौधरीको निधनसँगै पार्टीले कर्मठ र बुद्धिजिवी नेता गुमाएको नीधिको तर्क थियो । चौधरीको निधनसँगै नेपाली काँग्रेसले एक निर्भिक र बुद्धिजिवी व्यक्तित्व गुमाएको तर्क राखदै उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।
नेपाली कांग्रेस धनुषाका अध्यक्ष महेशशंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व कृषि मन्त्री रामकृषण यादव , नेपाली कांग्रेस प्रदेश नं। २ संसदीय दलका नेता रामसरोज यादव लगायत का नेताहरुको उपस्थिति रहेको थियो ।























