बोल्न नसक्ने महिला बलात्कृत, देख्नेले पनि बचाएनन
Saturday Feb 23, 2019
वि.सं.२०७५ फागुन ११ शनिवार ०४:१८

बाजुरा, ११ फागुन । बलात्कार गरेको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी राम्रोसँग बोल्न समेत नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो ।
बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरेर बलात्कार गर्न खोजेको र नजिकै आफन्तले होहल्ला गरे पनि नसुनेझैं गरेको बताइएको छ । महिलाका आफन्तले दिएको उजुरीको आधारमा बलात्कारी गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । पक्राउ परेका गिरीलाई अहिले हिरासतमा राखिएको छ ।






















