CG Electronics
IME Life
NIMB

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव, नयाँ भर्ना चाडो गर्न सरकारलाई यस्तो दबाब

NIMB
Himalayan Bank

काठमाडौं, १३ फागुन । प्रदेशस्तरीय लोकसेवा आयोग गठन गरी नयाँ कर्मचारी भर्ना नलिएसम्म प्रदेशमा कर्मचारीको अभाव हुने अवस्था देखिएको छ ।

प्रदेश र स्थानीय तहको तुलनामा अत्यधिक कर्मचारी संघमै समायोजन भएको छ । करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९ सय १७ कर्मचारी समायोजन भइसकेको छ । हालसम्म संघमा १७ हजार २ सय ७९, प्रदेशमा २ हजार ४ सय ४८ र स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भएका छन् ।

करिब ७७ हजारमध्ये २७ हजार ४ सय ६१ जनाले स्थानीय तह र १४ हजार २ सय ६९ जना प्रदेश रोजेका थिए । प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ वटा दरबन्दी रहेको छ ।

स्थानीय तहमा १ हजार निजामतीसहित अहिले करिब १८ हजार कर्मचारी कार्यरत छन् । यसले गर्दा सबै कर्मचारीको समायोजन टुंगिए पनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने अवस्था देखिएको हो ।

‘प्रदेश र स्थानीय तहमा प्रशासनिक काम अघि बढाउन थप कर्मचारी भर्ना नगरी हुँदैन । केन्द्रले अहिले कर्मचारी खटाए पनि यो जनशक्तिले प्रदेश र स्थानीय तहको कार्यभार सम्हाल्न सक्दैन’, मन्त्रालयका प्रवक्ता एवं सहसचिव सुरेश अधिकारीले भनेका छन । प्रदेश सरकारले आफ्नो लागि आवश्यक पर्ने कर्मचारी आफैंले भर्ती गर्नुपर्ने भएको छ ।

प्रदेशको निजामती सेवा ऐन तयार भएपछि प्रदेश सरकारलाई प्रदेश लोकसेवा आयोग गठन गर्न बाटो खुल्नेछ । सो ऐनको बनाउन सरकारले मन्त्रालयलाई सैद्दान्तिक स्वीकृति प्रदान गरेको छ ।

प्रदेशमा निजामती सेवा गठन, सञ्चालन, व्यवस्थापन, सेवाको शर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड निर्धारण गर्ने गरी संघीय कानून तर्जुमा प्रक्रिया अगाडि बढीरहेको मन्त्रालयले जनाएको छ । ‘दुई महिनाभित्र कानून बनेर आउने छ । त्यसपछि प्रदेश लोकसेवा आयोग गठन कार्य अघि बढाउन सकिनेछ’, प्रवक्ता अधिकारीले भने । नेपाल समाचारपत्र दैनिकबाट

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...