CG Electronics
IME Life
NIMB

प्रहरीको खरिदमा ठेकेदारको सेटिङ !!

NIMB
Himalayan Bank

काठमाडौं, १३ फागुन । नेपाल प्रहरीमा १८ किसिमका सामानको टेण्डर खुलेको छ । १ पटक १६ र अर्को पटक २ वटा गरी १८ किसिमका सामानको टेण्डर प्रहरीले खुलाएको छ । पछिल्लो पटकको २ वटा सामानमा हिमाली ज्याकेट र ट्राफिक ज्याकेट हो ।

ती दुवै ज्याकेटको स्पेसिफिकेसन नै परिवर्तन गरी श्रवण अग्रवालको फर्मलाई मात्र पर्नेगरी सेटिङ भइसकेको छ । प्रहरी स्रोत भन्छ–हिमाली र ट्राफिक ज्याकेट अग्रवालकै कम्पनीले पाउनेगरी प्रबन्धका हाकिमहरुले सेटिङ मिलाइसकेका छन् । बाँकी १६ किसिमका सामानहरुको भारतको दिल्लीस्थित इन्टरट्रेक कम्पनीबाट गुणस्तर टेष्ट गरेको हुनुपर्ने भनिएको छ ।

भारतको दिल्लीस्थित गुणस्तर टेष्ट गर्ने कम्पनी एसजीएसले परीक्षण गर्दिन भनेपछि सर्भिसबाट इन्टरटेकको टेष्ट रिपोर्ट मागेको हो । यसअघि ठेकेदारहरुले चलखेल गरेकाले एसजीएसले टेष्ट नगर्ने जनाउ एक बर्षअघि नै प्रहरीलाई दिइसकेको छ । एसजीएसमा सेटिङ गर्न पल्किएका ठेकेदारहरुले इन्टरटेकमा पनि गरेको स्रोतले बताएको छ ।

केदार श्रवण अग्रवालले इन्टरटेकका म्यानेजर तहका जोगेशकुमारसँग कनेक्सन गरी १६ वटा सामानको गुणस्तर पास भएको रिपोर्ट ल्याइसकेका छन् । त्यसमा ८ किसिमका सामान श्रवण अग्रवालसहितको ठेकेदलार ग्रुपले मात्र पाउने १६ वटाको गुणस्तर टेष्टको रिपोर्ट ल्याएका छन् ।

अग्रवालको ठेकेदार टोलीमा टेलिकमका जागिरे ठेकेदार टोपेन्द्र बीसी, वीरेन्द्र श्रेष्ठसहितको समूह छ । यिनीहरुको समूहले १० किसिमका सामान गुणस्तर पास गरेकोमा ८ वटा उनीहरुले नै पाउने निश्चित भएको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार ४ वटा सामानको ठेक्का पिताम्बर मुन्काको फर्मले पाउने भएको छ भने ४ वटाको रितेश अग्रवालको कम्पनीले पाउँदैछ ।

श्रवण अग्रवालसहितको ठेकेदारको यो समूहमा नियोजित रुपमा अर्का ठेकेदार राजमान मिश्रलाई बाइकट गरिएको छ । मिश्र यो समूहबाट किकआउट भएका छन् । प्रबन्धका इन्स्पेक्टर केशव गौतमले मिश्रलाई पनि १–२ वटा सामानको ठेक्का दिनका लागि भन्दा पनि उनीहरुले उनलाई ग्रुपमा नपारेको समाचार छ । प्रहरी स्रोतका अनुसार मिश्रलाई किकआउट गरेकोभन्दा पनि उनले हालेको दर नै उच्च भएकाले नपाएका हुन् । गुणस्तर पास भएकामध्ये कम दरको टेण्डर कबोल गरेकालाई ठेक्का दिनुपर्ने भएकाले पनि मिश्र नपरेका हुन् । तर गौतम भने मिश्रलाई अझै पनि ठेक्का दिनका लागि सकारात्मक नै रहेका छन् ।

कसरी पास गरियो गुणस्तर ?
दिल्लीको गुणस्तर टेष्ट गर्ने चर्चित कम्पनी इन्टरटेकमा श्रवण अग्रवालले त्यहाँको मेनेजर तहका कर्मचारी जोगेश कुमारलाई सेटिङ गरेको स्रोतले बताएको छ । यसअघि एसजीएसमा सुवास चन्दलाई मिलाएर सेटिङ गरेर गुणस्तर पास गराइसकेपछि ५ जना कर्मचारी निकालेको थियो । कर्मचारीलाई घुस खुवाएर गुणस्तर टेष्ट गर्दा गुणस्तरहीन सामानलाई पनि गुणस्तरीय भनेर रिपोर्ट दिएको फेलापरेपछि नेपालको सामान नै टेष्ट नै नगर्ने निर्णय दिल्लीको एसजीएसले गरेको कुरा सार्वजनिक भएको थियो । त्यही भएर अहिले टेण्डरमै इन्टरटेकमा टेष्ट भएको हुनुपर्ने उल्लेख गरिएको थियो । गुणस्तर परीक्षणमा अन्तर्राष्ट्रिय मापदण्डको कम्पनी इन्टरटेकमा पनि ठेकेदार अग्रवालले सेटिङ गरी आफ्नो सामान पास गराएका छन् । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं श्रवण अग्रवालजस्ता ठेकेदारहरुले इन्टरटेकमा पनि सेटिङ गरी सामान टेष्ट गरी पास गराएर ल्याएका छन् ।

प्रहरी स्रोतका अनुसार यी ठेकेदारहरुले ठेक्का पाएर ती सामान प्रहरीले लिइसकेपछि अर्को गुणस्तर परीक्षण गर्ने दिल्लीको इन्टरटेकबाहेकको निकायमा पठाएमा फेल हुनेछ । दिल्लीबाहेकको इन्टरटेकको गुणस्तर टेष्ट गर्ने निकाय चेन्नाई, सिंगापुरमा पठाएमा पनि सामान गुणस्तरहीन फेलापर्नेछ । विगतमा नेपालको गुणस्तर तथा नापतौल विभागमा टेष्ट गराउने गरिएकोमा सेटिङ हुने गरेपछि दिल्लीको एसजीएस पठाइयो । त्यहाँका सुवास चन्दलाई हातमा लिएर सेटिङ भएपछि इन्टरटेकमा पठाए । त्यहाँ पनि सेटिङ भएकै कुरा आएकाले प्रहरीले गुणस्तरीय सामान लाउनै नपाउने अवस्था छ ।

प्रहरीको खरिद हेर्ने प्रबन्धमा प्रताप थापा प्रमुख हुँदादेखि नै प्रहरीले गुणस्तरीय सामान प्रयोग गर्न पाएका छैनन् । अहिले पनि ठेकेदारको समूहले प्रबन्धका केशव गौतम र आर्थिक प्रशासन महाशाखाका प्रमुख दीपक थापासँग कारोबार मिलाएर काम फत्ते गर्न लागेका छन् ।

ठेकेदारहरुसँगको कनेक्सन एसपी हुँदा बजेटमा भएकाले दीपक थापा र प्रबन्धका केशव गौतमसँग छ । बजेटमा हुुँदा पनि ठेक्कामा चलखेल गरेको आरोप एसएसपी थापामाथि छ । आइजीपी सर्वेन्द्र खनालले प्रबन्धको डीआइजीमा नारायणसिंह खड्कालाई ल्याए पनि उनलाई खरिदको कुनै अनुभव नभएकाले सबै ठेक्कापटटाको जिम्मा एसएसपी दीपक थापा र इन्स्पेक्टर केशव गौतमलाई दिइएको स्रोतको दाबी छ ।  साँघु साप्ताहिकबाट

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...