CG Electronics
Ncell NPL
NIMB

हेलिकोप्टर कुर्दाकुर्दै ज्यान गयो

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

गोरखा फागुन १३ । उपचारका लागि अस्पताल लैजान बोलाएको हेलिकप्टर पर्खिंदाँ पर्खिंदै सामागाउँका एक घाइतेको ज्यान गएको छ । बुधबार राति शौचालय जाँदा घरको बरण्डाबाट लडेर घाइते भएका टासीढुण्डुप लामाको शुक्रबार निधन भएको हो। स्थानीय मिङ्मार लामाका अनुसार चुमनुब्री गाउँपालिका–२ स्योका ३२ वर्षीया टासीदोर्जे लामा सामागाउँस्थित ससुराली घरमा लडेर घाइते भएका थिए। ‘हेलिकप्टरको प्रक्रिया पूरा गर्दा बिहीबार दिनभर बित्यो। अबेलासम्म भए पनि आइहाल्छ कि भन्ने आशा थियो तर आएन’, मिङ्मारले भने, ‘शुक्रबार सात बजेतिर आउने कुरा थियो, तर साँढे छ बजे उनको प्राण गयो।’

कादुरी नामक गैरसरकारी संस्थाको लघु जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टरले आरुघाटसम्म लान तयार भएको थियो। तर आरुघाटबाट बसमा लैजाँदा ढिलो हुने भएकाले सिधै काठमाडौं लान हेलिकप्टर खोजेको उनले बताए। चुमनुब्री गाउँपालिका सडक सञ्जालमा जोडिएको छैन। सामागाउँबाट गाडी चढ्न पाँचदिनको बाटो हिँडेर सोती आइपुग्नु पर्छ।

उपचारका लागि हेलिकप्टर चार्टर गर्न दुईलाख १० हजार रुपैंया तिर्नुपर्छ। यातायातको असुविधाले दुर्गममा धेरैले अकालमा जीवन गुमाउनु परेको छ। ‘दुःख पर्दा सेवा लिनुपर्छ भनेर गाउँलेले श्रमदान गरेर हेलिप्याड बनाएका छन्, तर आपदविपदमा दुईलाख रुपैयाँ तिरेर बोलाउँदा पनि हेलिकप्टरले लापरवाही गर्छ’, मिङ्मारले भने। आकस्मिक हेलिकप्टर सेवाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा चुमनुब्री गाउँपालिकाले हरेक वडामा हेलिप्याड निर्माण गरेका छ। तर बेलामा सेवा नपाएर मर्नेको संख्यामा उत्तिकै भएको स्थानीयको गुनासो छ।

हेलिकप्टर नपाएर चुमनुब्री गाउँपालिकामा वर्षेनी धेरै बिरामी तथा घाइतेले ज्यान गुमाएका छन्। ‘आपतकालिन अवस्थामा हेलिकोप्टर कम्पनी, जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, नागरिक उडडयन प्राधिकरण दौडदाँ दौडदै कहिलेकाहिँ बिरामी, घाइतेको मृत्यु हुन्छ’, उनी भन्छन्, ‘यस्ता अप्रिय घटना वर्षेनी भइरहेका छन्। कसलाई भन्ने हो, हाम्रो कतै पहुँच छैन।’ शासन व्यवस्था जति बदलिए पनि दुर्गमको अवस्था नबदलिएको उनको गुनासो छ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...