CG Electronics
Ncell NPL
NIMB

फेरि युद्धमा होमिदै देश ! युद्धकै लागि विप्लवले यसरी तयार गर्दैछ सैन्यदस्ता

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं फागुन २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मुलुकका केही गोप्य स्थानमा जनयुद्धका लागि भन्दै सैन्य तालिम गरिरहेको खुलासा भएको छ । पूर्व माओवादी लडाकु र केही नयाँ युवासमेत मिलाएर प्रदेश नम्बर एक र पाँचका केही गोप्य स्थान सैन्य तालिम भइरहेको सुरक्षा स्रोतले बतायो ।

बिहीबारमात्रै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’को गाउँमै नेकपाका कार्यकर्ताको घरबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । हतियार बरामद गर्ने क्रममा प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका–९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई पक्राउ गरेको छ । हतियारसहित फेला परेका रोक्कालाई नियन्त्रणमा लिने क्रममा भागेपछि फायर गर्दा बायाँ खुट्टामा गोली लागेर घाइते भएका छन् । उनको बुटवलमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी अच्युत पुडासैनीले बताए ।

हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनको घरमा ठूलो मात्रामा अत्याधुनिक हतियार फेला परेको हो । प्रहरीले रोक्काको घरबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउण्ड, ५।५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा ९२५ केजी बरामद गरेको छ ।

घटनास्थलबाट ‘जनमुक्ति सेना नेपाल आधारभूत सैन्य तालिम शिविर २ नम्बर कम्पनी’ लेखेको ब्यानर पनि बरामद भएको छ । एक सुरक्षा अधिकारीले भने, ‘‘यो उनीहरुले तालिम गराइरहेको अवस्थामा फेला परेको हो । तालिमकै लागि ब्यानर बनेको हो । यो राज्यका लागि निकै गम्भीर चुनौती हुनसक्छ ।’’

बुधबारमात्रै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विप्लवको नेकपालाई गम्भीर रुपमा लिनुपर्ने बताएका थिए । केही समय अगाडि सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले विप्लव समूहलाई हि‌शाकाे बाटाे त्यागेर वार्तामा नआए कडा कारवाही गरिने बताएका थिए । यस्तै संखुवासभामा पनि हतियारसहित विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी नगरपालिका–५ ढाडेगाउँ बस्ने २३ वर्षीय बुद्धिमान तामाङ समेत २ जना रहेका छन् । अर्का एकजनाको नाम प्रहरीले गोप्य राखेको छ ।

उनीहरुको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, म्यागजिन १ थान र गोली १ थान बरामद भएको छ । यसअघि गत बुधबार सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकै एकजना नेता नेपाली सेनाले प्रयोग गर्दै आएको अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका ४२ वर्षीय संगीत भनिने देवकुमार लिम्बू थिए । लिम्बूको साथबाट प्रहरीले एलएमजी र एम–१६ हतियार बरामद गरेको हो । एलएमजी हतियार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष कार्यदलले प्रयोग गर्दै आएको छ भने एम–१६ नेपाली सेनाले मात्रै प्रयोग गर्ने गरेको छ ।

पछिल्लो समय चन्दा आतंक, अपरहण, विष्फोट लगायतका घटनामा विप्लवकै नेता–कार्यकर्ताको संलग्नता देखिएको सुरक्षा अधिकारी बताउँछन् । विप्लवका नेता–कार्यकर्ता हतियारसहित पक्राउ पर्न थालेपछि सरकारले सुरक्षा निकायलाई विप्लवविरुद्ध ‘निर्मम’ बन्न निर्देशन दिएको छ । विप्लवका गैरकानुनी गतिविधिलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सुरक्षा निकायले संयुक्त सुरक्षा रणनीति समेत बनाइरहेको बताइएको छ । बाह्रखरीबाट

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...