CG Electronics
IME Life
NIMB

लगानी सम्मेलनमा कडा सुरक्षा व्यवस्था, ६ सय ९ पाहुनका लागि ६ हजार सुरक्षाकर्मी परिचालन

NIMB
Himalayan Bank

काठमाडौं चैत १४ । गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ।

चैत १५ गते सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ। सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार सम्मेलनमा नेपाल प्रहरीबाट ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत जनशक्ति तैनाथ गरेको हो। यसैगरी सशस्त्र प्रहरी मुख्यालयले उपत्यका बाहिनीमार्फत एसएसपीको कमान्डमा सम्मेलन सुरक्षार्थ जनशक्ति खटाएको छ। सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले एसएसपी कालीदास धौवजीको नेतृत्वमा एक हजार ८ सय जनशक्ति सम्मेलन सुरक्षामा खटाइएको जानकारी दिए। राष्ट्रिय अनुसन्धान विभागले २ सयभन्दा बढी जनशक्ति तैनाथ गरेको छ।

सम्मेलनमा भाग लिन ३१ देशबाट ६ सय ९ पाहुना आउने भएका छन्। सम्मेलनलाई प्रभाव पार्ने गतिविधि हुन नदिन सरकारले प्रतिबन्धित नेकपाका कार्यकर्तामाथि निगरानी बढाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सम्मेलन अवधिभर पाहुनाको सुरक्षामा कुनै पनि कमी हुन नदिन उपत्यकास्थित सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका अनुसार सम्मेलन सुरक्षाकै लागि रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र सम्मेलनस्थल सोल्टी होटलमा ‘सम्मेलन सुरक्षा समन्वय कक्ष’ स्थापना गरिएको छ।

सम्मेलन स्थललगायत केही ठाउँमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ। बाँकी स्थानमा आपसी समन्वयका आधारमा प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट जनशक्ति परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। सरकारले सम्मेलनमा आउने पाहुनाका लागि सोल्टीसहित कुपन्डोलको हिमालय, गौशालाको द्वारिकाज, बौद्धको हायात, दरबारमार्गस्थित अन्नपूर्णलगायतका होटलमा व्यवस्थापन गरेको छ।

‘पाहुना बस्ने होटल र सम्मेलन स्थलको सुरक्षामा कुनै पनि कमी नहुने गरी जनशक्ति तैनाथ गरेका छौं,’ प्रहरी प्रवक्ता सुवेदीले भने, ‘यसका लागि रिजर्भ फोर्ससहित गस्ती र सादा पोसाकका जनशक्ति आवश्यकताअनुसार खटिएका छन्।’
लगानी सम्मेलनको सुरक्षालाई प्रभाव पार्नेगरी हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि पनि आफूहरु सजग रहेको गृह मन्त्रालयले जनाएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि फागुन २८ गते प्रतिबन्ध लागेसँगै प्रभावशाली नेता हेमन्तप्रकाश वली (सुदर्शन) सहित नेकपाका तीन दर्जन नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।

‘देशको प्रतिष्ठासँग जोडिएको सम्मेलनलाई व्यवस्थित र सुरक्षित बनाउन कुनै पनि कसरत बाँकी नराख्न निर्देशन दिएका छौं,’ गृह स्रोतले भन्यो, ‘सरकारबाट प्रतिबन्धित नेकपाका कार्यकर्ताले अवाञ्छित गतिविधि गर्नसक्नेप्रति पनि हामी सतर्क छौं।’ अर्थ मन्त्रालयले सम्मेलन सुरक्षामा खटिने जनशक्तिका लागि खाजा र इन्धन खर्चको व्यवस्था गरेको छ। –नागरिक न्युजबाट

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...