CG Electronics
IME Life
NIMB

प्रदेश १ को संसद्‍मा ‘रेडलाइट’ एरियाको बहस

NIMB
Himalayan Bank


विराटनगर चैत १४ । प्रदेश १ को संसद्‍मा पहिलो पटक यौन व्यवसायलाई वैद्यता दिने विषयमा आवाज उठेको छ।

संसद्‍को चालु अधिवेशनमा पेश भएको पर्यटन विद्येयकमाथिको छलफलमा बोल्ने केही सांसद्‍ले यौन व्यवसायको वैधानिकताबारे सोच्ने बेला आएको बताएका हुन्।

इलामको प्रतिनिधित्व गर्ने सांसद्‍ रामबहादुर मगरले बुधबारको संसद्‍ बैठकमा विश्व पर्यटनको उदाहरण दिँदै यौनबारे उदार बन्नुुपर्ने धरणा राखेका थिए।

उनले थाइल्याण्डको उदाहरण दिँदै यौन पेशालाई वैद्यता दिँदा त्यहाँ विश्वका लागि यौन पर्यटनको हव भएको र त्यसले अथाहा पैसा भित्र्याउन सफल भएको बताएका थिए।

नेपालमा पनि लुकिछिपी यौन व्यवसाय संचालन भएको बारे प्रहरीले छापा हान्दा भेटिएको तर्क उनको छ। ‘हामीले बनाउने विद्येयकमा पनि यस बारे सोच्दा के होला’, सांसद मगरले प्रश्न गरे।

बैठकमा महिला सांसदले उक्त विषयको कडा प्रतिवाद गरेका छन्। महिला सांसद इन्दिरा राईले महिलाको हक, अधिकारको कुरा गर्नुपर्ने बेलामा गरिमामय सांसद्‍मा महिलालाई अवमुल्यन गर्ने काम भएको टिप्पणी गरिन्।

उनले महिला अस्तित्वलाई खिल्ली उडाउने काम भएको भन्दै आपत्ति जनाएकी हुन्। नेपाली समाजमा महिलालाई देवातासँग तुलना गर्ने हुँदा यौन व्यवसायमा लगाउने बारे कानुनी वैद्यता दिनेकुरा सोच्न पनि नसकिने बताइन्।

बिहीबारको संसद्‍ बैठकपछि पत्रकारसँग कुरा गर्दै सांसद मगरले कम्तिमा छलफलका लागि आफूले उक्त विषय उठाएको प्रतिक्रिया दिए।

‘कसैले न कसैले त उठाउँथ्यो नै, मैले विधेयकको छलफलमा आफ्ना कुरा राखेको मात्र हुँ’, उनले भने। शुुक्रबारको सांसद्‍ बैठकमा जयरामा यादव, झलकसिंह दर्लामी, बलबहादुर सम्सोहाङ, शान्ता पौडेल, शिवनारायण गनगाई र शेखर चन्द्र थापाले पर्यटन विद्येयकमाथि बोलेका थिए।

विद्येयमाथि सांसदको धारणा राख्ने क्रम जारी छ। प्रदेश १ को अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
–अन्नपूर्ण पोष्टबाट

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...