CG Electronics
IME Life
NIMB

यसरी मनाईयो गोर्खा सहिदको सम्झना र बलिदानीको सम्मानमा पुर्खा दिवस

NIMB
Himalayan Bank

 

काठमाडौ चैत्र २३ ।  विश्वका धेरै देशको रक्षार्थ नेपाली सपूतहरुले बलिदानी दिएका छन् । यसैले विश्वमा गोर्खा सैनिक भन्ने वित्तिकै उच्च सम्मान छ । कर्तव्य निष्ठ नेपाली सपुतहरु सैन्य सेवामा भर्ना भएर विश्वका धेरै मुलुकमा गरेको योगदानको उच्च कदर छ । यही क्रममा धेरै सहिदपनि भएका छन् । उनीहरुले कर्तव्य पूरा गर्ने क्रममा दिएको बलिदानीको सम्मान र सहिदको सम्झना गर्दै पुर्खा दिवस मनाएको छ ।

ललितपुर सातदोबाटो स्थित खेलकुद परिषदको प्राङ्गनमा पहिलो पुर्खा दिवस मनाएको हो । गोर्खा सेमिस्ट्रिज ट्रष्ट नेपाल द्धारा आयोजित पुर्खा दिवस कार्यक्रममा विश्व युद्धका जिउदो सहिद ९६ बर्षीय मानविर लिम्बुको उपस्थितिमा पुर्खा दिवस मनाइएको थियो । लिम्बु सन् १९४१ मा गोर्खा सैनिकमा भर्ती भइ विभिन्न देशहरूमा दोश्रो विश्व युद्ध लडेर,सन् १९७३ मा गोर्खा सेना बाट सेवा निवृत भएका थिए। कार्यक्रममा शसस्त्र प्रहरीका पूर्व आइजीपी दुर्जकुमार राईलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

गोर्खा सिमेट्रिज ट्रष्टका अध्यक्षमहेन्द्र कुमार राईले पुर्खाको सम्झना स्वरुप आयोजित कार्यक्रममा उपस्थित सवै प्रति आभार ब्यक्त गरेका थिए । अध्यक्ष राईले अप्रिल ५ लाई पुर्खा दिवस मनाउन संसार भर रहेका सम्पूर्ण नेपाली भाषी गोर्खाहरुको कर्तब्य समेत रहेको बताए । अप्रिल ५ का दिन मलेसिया,हंगकंग, सिंगापुर लगायतका देशहरुमा पुर्खा दिवस मनाईदै आईएको छ ।

 

कार्यक्रममा पुर्खा दिवसको सम्मान स्वरुप विद्यार्थी, स्काउट टोलीले सलाम र श्रद्धाञ्जली गीत गाएका थिए भने कराते खेलाडीहरुको टोलि समेत उपस्थिति रहेको थियो । कार्यक्रममा अल्ट्रा धावाकी मिरा राई, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला लगायत सयौको उपिस्थिति रहेको थियो ।

 

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...