CG Electronics
IME Life
NIMB

देउवाको पाइन भुत्ते मात्र होइन कामै नलाग्ने भो भन्दै शशांकले दिए यसरी दनक (भिडियोसहित)

NIMB
Himalayan Bank

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक द्धन्द्ध र विवाद समाधान गर्न सकेको छैन । पछिल्लो समय जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवाविरुद्ध भेला नै गरे । विशेष महाधिवेशनको मागसमेत गर्न थालेपछि देउवा रुष्ट बनेका छन् । विशेष महाधिवेशनको कुरा किन उठ्यो ? देउवाको कमजोरी के हो ? कांग्रेसभित्रको विवादलगायतका विषयमा ऋषि धमलाले महामन्त्री डा. शशांक कोइरालासँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानीको सानो अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको चर्चा किन भयो ? अहिले यसको आवश्यकता हो र ?
महासमिति बैठकमा पटक पटक अरक्षण सुविधा नदिने कुरा उठेको थियो । अर्को कुरा केन्द्रिय सदस्य तलबाटै निर्वाचित भएर आउनुपर्ने धारणा आएको थियो । यो विषलाई महासमितिले पारित नगरी सभापतिलाई जिम्मा दिनुभयो । तर सभापति शेरबहादुर देउवाले महासमितिको भावनाविपरित निर्णय गर्नुभयो । यही दुईवटा मुद्धाका कारण जिल्ला सभापतिहरुको भेला भएको हो ।

तर सभापति देउवाले त जे सुकै गर म चुनौति समाना गर्न तयार छु भनेर अडान लिनुभएको छ नि ?
हो, उहाँले फेस गर्छु भन्नुभएको छ । तर विशेष महाधिवेशनभन्दा पनि मूल विषयलाई सभापतिले गम्भीर भएर सम्बोधन गर्नुपर्छ । अन्यथा राम्रो नतिजा आउँदैन ।

जिल्ला सभापतिहरुले भनेजस्तो केन्द्रिय समितिले गरेको महासमिति सदस्यहरुको भावनाविपरितको निर्णय उल्टिएन भने के हुन्छ ?
मेरो धारणा भनेको सभापति देउवालाई जिल्ला सभापतिहरुले भने जस्तै केन्द्रिय समितिको निर्णय उल्ट्याउनुपर्छ । अर्को कुरा भनेको समयमा नै अधिवेशन हुनुपर्छ । अधिवेशन समयमा भएन भने आगामी निर्वाचन प्रभावित हुन्छ । चुनावलाई लक्षित गरेर हामी एकतावद्ध हुनु जरुरी छ । तर पहिलो शर्तमा भनेजस्तो केन्द्रिय समितिको बहुमतले गरेको निर्णय उल्टिएन भने विशेष महाधिवेशनमा नै जानुपर्छ । अर्को विकल्प छैन ।

विशेष अधिवेशनले कांग्रेसलाई फाइदा हुन्छ ?
विशेष अधिवेशन भनेको त कांग्रेसका लागि खतरा हो । विशेष महाधिवेशन भयो भने कांग्रेस फुट्छ र समाप्त भएर जान्छ । त्यसैले कांग्रेसलाई बचाउनका लागि सभापति देउवाले केन्द्रिय समितिको निर्णय उल्ट्याउनुपर्छ ।

अबको महाधिवेशनमा देउवालाई सभापति बन्न नदिने तपाईहरुको अभियान हो ?
त्यसरी नभनौँ । तर नेता कार्यकर्ताहरुले परिवर्तन खोजेका छन् । नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने धारणा मेरो पनि हो । अब पुरानो नेतृत्वलाई स्वीकार्दैनन् भन्ने लागेको छ ।

अब तपाईहरुको गुटबाट सभापति बन्ने सम्भावना कति छ ?
हाम्रो पक्षका साथीहरुलाई एक ठाउँमा उभ्याउनुपर्छ । हामीमध्ये नै नेतृत्वका लागि २–३ जना उठ्यौँ भने त देउवालाई नै फाइदा हुन्छ । त्यसैले हामीबीचमा एकताको खाँचो छ ।

सभापतिका लागि तपाई आफैँ पनि अघि सर्ने तयारीमा हो ?
तपाईले मलाई अप्ठ्यारो प्रश्न गरिदिनुभयो । मेरो उम्मेदवारी त जब हुन्छ तब पार्टीलाई एकतावद्ध गराउन सक्छु । मैले पहिला पनि भने, हाम्रो पक्षबाट एक जना नै उम्मेदवार हुने हो । अर्कोतिर देउवाजीले आफै छोडिदिए हुन्थ्यो भन्ने मेरो चाहना हो । त्यसो भएन भने देउवा र हामीबीचबाट एक जना उम्मेदवार हुन्छन् । आवश्यकता पर्यो भने म आफैँ पनि अघि सर्छु ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...