CG Electronics
IME Life
NIMB

यसपटकको तीजमा कक्टेल वेयर, क्षितिजा शाक्य

NIMB
Himalayan Bank


काठमाडौं, ११ भदौं । कुनै बेला उत्कृष्ट अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी अभिनेत्री हुन् क्षितिजा शाक्य । उनले केही टेलीश्रृंखला तथा चलचित्रहरुमा अभिनय गरेर मनोरञ्जन क्षेेत्रमा आफ्नो बेग्लै स्थान बनाउन सफल भइन् । राम्रो अभिनय गरेर दर्शकको मन जिते पनि अभिनेत्री शाक्य झण्डै डेढ दशकदेखि अर्कै विधामा सक्रिय छिन् ।

फेसन डिजाइनिङको अध्ययन गरेपछि उनी फेसन डिजाइनरको रुपमा आफ्नो करियरलाई अघि बढारहेकी छिन् । काठमाडौैं मलको चौथो तल्लामा रहेको ‘क्षितिजा एपारल’ नामको बुटिक उनैको हो । प्रस्तुत छ फेसन डिजाइनर क्षितिजा शाक्यसँग तीज विशेष पहिरनको बारेमा गरिएको कुराकानीको सम्पादित अंश :

यसपटकको तीजमा कस्ता पहिरनको माग बढी छ ?

यसपटकको तीजमा लगाइने पहिरनहरुको कुरा गर्नु पर्दा सम्पूर्ण रुपले ‘वेस्टर्न मोडिफाइ’ को क्रेज बढेको छ । तीजमा लगाइने पहिरनको रंगको कुरा गर्नु पर्दा चल्तीका रंगहरु रातो, गुलाबी, पहेंलोलाई नै मन पराउँछन् । कसैले वेस्टर्न कक्टेल त कसैले गाउन, सारी, लेहेंगा रोज्छन् । तर ती पहिरनहरु पनि मोडिफाइ गरको मन पराउँछन् ।

तीजका पहिरनका लागि कुन उमेरका महिलाहरु बढी आइरहनु भएको छ ?

प्रायः सबै उमेरका महिलाहरु आइरहनु भएको छ । त्यसमा पनि विशेषगरी विवाहित तथा मिडिल एज्ड महिलाहरु डिजाइनर वेयरको खोजीमा आउनु हुन्छ । मेरो बुटिकमा तीजका लागि उपयुक्त हुने पहिरनहरु किन्न आउने ग्राहकहरुमा गृहिणी तथा कामकाजी दुवै पाएकी छु । यसबाहेक अनलाइन सपिङमार्फत मैले तयार पारेका तीजका पहिरनहरु नेपाल बाहिर पनि जान्छन् । खासगरी अमेरिका, बेलायत, अष्टे्रलिया, जापान, पोर्चुगल आदि देशहरुबाट पनि तीजका पहिरनको माग भएको थियो । विदेशमा बस्ने नेपाली चेलीहरुले भने प्रायः हृयाबी वेयर नै लिनुहुन्छ ।

बुटिकमा तयार पारिएका तीजका पहिरनहरु बाहिरका पसलको तुलनामा महंगो हुने अनुमान गरिन्छ नि ?

बुटिकहरुमा प्रायः हरेक प्रकारका पहिरनहरु उपलब्ध हुन्छन् । अझ कतिपय बुटिकहरुमा सामान्यदेखि ह्याबी हृयाण्ड वर्क गरिएका पहिरनहरु पनि राखिएका हुन्छन् । सामान्य पहिरनहरु खासै महंगो नभए पनि हृयाण्ड वर्क गरिएका हृयाबी पहिरनहरु निकै महंगोसमेत पर्न सक्छन् । त्यसैले हामीले ग्राहकको रोजाइलाई ध्यानमा राख्दै सकेसम्म सस्तो मूल्यमै पहिरनहरु उपलब्ध गराइरहेका छौं ।

तीजकै लागि भनेर नयाँ डिजाइन के आएको छ ?

विशेषगरी तीजमा सारी तथा लेहेंगाकै प्रयोग बढी हुन्छ । तर, त्यसमा हामीले समयअनुसार परिवर्तन ल्याउनका लागि ग्राहकहरुकै चाहनाअनुसार इम्ब्राइडरी गरिएका ब्लाउज तथा सारीहरु, गाउनहरु तयार पारेका छौं । त्यस्ता ब्लाउज, सारी र गाउनहरुमा हातले बुट्टा भरिएका पनि छन् । यस्तै पहिरनमा महिलाहरुको बढी रुचि देखिएको छ । ग्राहकको रुचिलाई ध्यानमा राख्दै डिजाइनलाई मोडिफाइ गरिरहेकी छु ।

अघिल्ला वर्षको तुलनामा यसपटक पहिरनको ढाँचामा केही परिवर्तन भएको छ कि ?

अघिल्ला वर्षहरुको तुलनामा यो वर्षका तीजका पहिरनहरु निकै नै फेसेनबल भएका छन् । अघिल्लो वर्ष लेहेंगा र सारीको माग बढी थियो, तर यो वर्ष    वनपिस गाउन, भरिएका सारीहरु, कक्टेल गाउन, धोती डिजाइन पहिरनहरुको माग बढी छ । यसबाहेक भारतीय संस्कृतिको प्रभावस्वरुप यो वर्ष सरारा र गराराको फेसन पनि आएको छ ।

फरक शारीरिक बनावट भएका व्यक्तिलाई कस्तो पहिरन लगाउने सुझाव दिनु हुन्छ ?

महिलाको शरीरको बनावट जस्तो छ, त्यसैमा केन्द्रित भएर पहिरन डिजाइन गर्नु पर्छ । जस्तै यदि कुनै महिला मोटी हुनुहुन्छ र पेट पनि ठूलो छ, तर उहाँको उचाइ होचो छ भने धेरै छाला देखिने र एकनासको रंगको पहिरन डिजाइन गर्नुपर्छ ।

अग्ला महिलाहरुलाई भने कम्मरको भागमा ब्रेक दिएर होरिजेन्टल प्लेसमेन्ट भएको लाइन भएको प्याटर्नको पहिरन डिजाइन गर्नु पर्छ । यसका साथै ग्राहकको डिमाण्ड र रोजाइलाई ध्यान दिएर उनीहरुलाई कलर कम्बिनेसन, फिनिसिङ, मेटेरियलहरुका बारेमा पहिला नै सम्पूर्ण कुरा बुझाएर सन्तुष्ट भएपछि मात्र होची, अग्ली, मोटी, दुब्ली आदिको शारीरिक बनावटअनुसार पहिरन डिजाइन गर्नु पर्छ ।

महिलाहरु तपाईंले नै डिजाइन गरेका तीजका पहिरनहरु खोज्न आउने कारण के हो ?

हुन त मेरो बुटिकमा त्यस्तो विशेष कुरा केही पनि छैन, तर मेरो काम गर्ने शैली कस्तो छ भने ग्राहकहरुले जुन थिम लिएर आउनु हुन्छ, म उहाँहरुसँगै बसेर त्यो डिजाइनको बारेमा छलफल गर्छु र गुणस्तरका बारेमा बुझाउने प्रयास गर्छु । शायद विगत १४ वर्षदेखिका ग्राहकहरुलाई मेरो सल्लाह, सुझाव तथा काम चित्त बुझेर होला, उहाँहरु मकहाँ आइरहनु हुन्छ । म यही कुरालाई मेरो सफलताको रहस्य मान्छु ।

किनभने मकहाँ आएपछि किन्नु नै पर्छ भन्ने छैन, मैले उहाँहरुसँग जसरी डिल गर्छु, त्यही कुरा उहाँहरुलाई मन पर्छ र बारम्बार मलाई खोज्दै आउनु हुन्छ । त्यसैले मेरो बुटिकमा त्यस्तो विशेष केही छैन, मेरो लागि मकहाँ आउने ग्राहकहरु नै विशेष हुनुहुन्छ ।

अन्त्यमा, तीजमा रातो रंगका पहिरनको मात्र माग हुन्छ कि अन्य रंगहरु पनि प्रयोग गरिन्छ ?

तीजमा करिब ८० प्रतिशत पहिरनहरु रातै रंगका हुन्छन्, किनभने अधबैंशे महिलाहरुलाई तीजमा रातै रंग मनपर्छ । तर भरखरका युवतीहरुले भने गुलाबी, मस्र्टड यल्लो, पिच, मिन्ट, मल्टिकलर तथा गोेल्डेन रंगहरुका पहिरन पनि मन पराउँछन् ।

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ जना बिरामीलाई निःशुल्क सेवा प्रदान

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५२

  काठमाडौँ । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको...

वि.सं.२०८३ जेठ २० बुधवार १५:४२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण...

वि.सं.२०८२ चैत १८ बुधवार ०८:२२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...