CG Electronics
IME Life
Ncell NPL

एभरेष्ट बैंकको नाफा डेढ अर्ब

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं ,१६माघ : एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो नाफा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणका अनुसार गत वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले करिब ८ करोड रुपैयाँ नाफा बढाएको छ ।

एभरेष्टमा सर्वसाधारणको निक्षेप १ खर्ब ४१ अर्ब १९ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको निक्षेप १ खर्ब २९ अर्ब ५६ करोड ८१ लाख रुपैयाँ थियो । बैंकमा निक्षेप ११ अर्ब ६२ करोड रुपैयाँले बढेको हो ।

यस्तै, कर्जा तथा लगानी १ खर्ब १४ अर्ब ४३ करोड ३० लाख रुपैयाँ छ । गत वर्ष कर्जा तथा लगानी १ खर्ब ४ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ थियो । एक वर्षको बीचमा बैंकको कर्जा तथा लगानी ९ अर्ब ६८ करोड रुपैयााले बढेको छ ।

बैंकको रिजर्भमा ७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ छ । व्याज आम्दानी ७ अर्ब १७ करोड २० लाख रुपैयाँ छ भने व्याज खर्च ४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ छ । बैंकले खुद व्याज आम्दानी २ अर्ब ९० करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको ६ महिनामा बैंकले २ अर्ब ६७ करोड १० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

एभरेष्टको खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । गत वर्षको पुसमा ०.१९ प्रतिशत थियो । सम्भावित कर्जा नोक्सानीको लागि बैंकले ७०७ प्रतिशत रकम राखेको छ ।

बैंकको कष्ट अफ फण्ड ६.४४ प्रतिशत छ । गत वर्ष ६.२३ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७५ प्रतिशत छ । आधार दर ८.४६ प्रतिशत छ । ग वर्ष आधार दर ८.२२ प्रतिशत थियो । बैंकले व्याज दर बढाएको छ । गत वर्ष ४.३८ प्रतिशत रहेको व्याज अन्तर यो वर्ष ५.३३ प्रतिशत पुगेको छ ।

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ ‘Frostline’ कुलर लाइनअप सार्वजनिक

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:२८

  काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:२२

  काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका...

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु सार्वजनिक

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:०७

  काठमाडौं । दुवईस्थित राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी)का उत्पादनहरू आधिकारिक...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...