CG Electronics
IME Life
Ncell NPL

आज माघ १७ गते शुक्रबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । बेलुकीपख मनमा हौसला जाग्नेछ, असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैैजनी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ कें केतवे नमः ०७ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ, यद्यपि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ ।मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ नमः शिवाय ११ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक÷सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ शं शनैश्चराय नमः २३ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या ०९ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुने देखिन्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । कडा परिश्रमका बलमा बेलुकीसम्ममा राम्रो परिणाम हात पर्ने सम्भावना छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग स् कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ सङ्कटाभगवत्यैै नमः ०९ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ शुं शुक्राय नमः ११ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ बुं बुधाय नमः ०८ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – व्यापार÷व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ घृणि सूर्याय नमः ०७ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्श्निक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ सों सोमाय नम ११ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ अपराह्नपछि चौथो चन्द्रमाले असहज परिस्थिति सिर्जना गर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ श्रीमन्मङ्गलमूर्तये मारुतिनन्दनाय नमः २१ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ धनप्रदाय कुबेराय नमः ११ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दूरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य्सिद्धि मन्त्र ॐ गं गणपतये नमः २१ पटक जप गर्नु शुभ हुनेछ।

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...

नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर

नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार...

वि.सं.२०८२ मंसिर १७ बुधवार २१:१४

  काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक...

नेपाली कफीको समृद्ध सम्भावना : २१औँ राष्ट्रिय कफी दिवस मनाइँदै

नेपाली कफीको समृद्ध सम्भावना : २१औँ राष्ट्रिय...

वि.सं.२०८२ मंसिर १ सोमवार ०८:२१

  काठमाडौं। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा २१औँ...

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार २०:३९

काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा...