CG Electronics
IME Life
NIMB

लकडाउनमा समेत धमाधम काम भइरहेको छ :माथिल्लो तामाकोशी

NIMB
Himalayan Bank

७७काठमाडौँ,८वैशाख:सरकारले कोरोना संक्रमण रोक्नका लागि लकडाउन गरेको छ । नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प प्रायः छ । तर यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको छ । देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ । लक डाउनमा पनि काम भइरहेको छ ? हो, आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम यतिबेला धमाधम भइरहेको छ ।

लक डाउनमा धेरैजसो पूर्वाधारका काम रोकिएका छन् । सोही कारण सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटसमेत खर्च हुनसकेको छैन । माथिल्लो तामाकोशी यस्तो आयोजना हो, जहाँ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर लक डाउनमा समेत काम भइरहेको छ । जुन अन्य आयोजनाका लागि समेत अनुकरण गर्न लायक हुन सक्छ । काम भइरहँदा आयोजनाका पदाधिकारीलाई अन्य कुराले भन्दा पनि निर्माण सामग्री ढुवानी रोकिदा भने समस्या आइलाग्छ कि भन्ने चिन्ताले सताएको छ ।आगामी २०–२५ दिनलाई पुग्ने निर्माण सामग्री भए पनि लक डाउन लम्बिँदै जाँदा समस्या पर्ला कि भन्ने चिन्ता भने उत्तिकै छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनालाई सहजीकरण गरिरहेको छ । अत्यावश्यक पास तथा अन्य सुविधासमेत उपलब्ध गराएको छ । आयोजनाको महत्व र गाम्र्भीयतालाई बुझेर जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग गरे पनि नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका निर्माण उपकरण ल्याउन निर्माण व्यवसायीलाई सहजीकरण गरिदिनुपर्ने माग पनि आयोजनाले गरेको छ ।आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार लक डाउनको समयमा समेत झण्डै ६५० जना मजदुर आयोजनास्थलमा कार्यरत छन् । उनीहरुलाई व्यक्तिगतरूपमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ ।

उनका अनुसार आयोजनाको सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत गतिमा अगाडि बढिरहेको छ । कुल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी १७५ मिटरमात्रै बाँकी रहेको छ । कुल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये शनिबारसम्म ३०८ मिटर  खण्डमा पाइप जडान कार्य भइसकेको छ । अब मात्रै ६५ मिटर बाँकी छ । यो काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले काम गरिरहेको छ ।यस्तै, यसअघि खासै कार्यकुशलता देखाउन नसकेको आरोप लागेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लक डाउनको समयमा आफूलाई अब्बल सावित गर्ने प्रयास गरिरहेको छ ।

प्राप्त विवरण अनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये शनिबारसम्म कुल २०० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै ११० मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम प्रभावकारीरूपमा अघि बढेको र एउटा पाइप जडानका लागि ५ कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएको छ । त्यसले पनि अब कामले झनै् तीव्रता पाउने देखिएको छ ।आयोजनामा निर्माण सामग्री ढुवानीको समस्यामा देखिएको छ भने इन्धन नभएकाले केही जटिलता उत्पन्न हुन्छ कि भन्ने सन्त्रास छ । बाँधमा सिभिलको काम पूरा भएको छ । हाइड्रोमेकानिकल गेट भने राख्न बाँकी छ । आयोजनालाई अत्यावश्यक रहेको अक्सिजन ग्यास, केही केमिकल भने तत्काल जरुरी देखिएको छ । आयोजनामा भारतीय सिमेन्टको प्रयोग भएकाले पनि आयात गर्न समस्या पैदा भएको छ । यस्तै, रड बोकेका सवारीसमेत आउन पाएका छैनन् । हाइड्रोमेकानिकलका केही उपकरण नेपाल–भारत सीमा आइपुगेका छन् । ती आयोजनास्थल पु¥याउन समस्या देखिएको छ ।सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशी लगायत आयोजनालाई लक डाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेको जनाए पनि आयोजनाले निर्माण सामग्री आयातमा सहजीकरण गरिदिन गरेको आग्रह भने हालसम्म पूरा भएको छैन । आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आइसोलेसनमा बसेजस्तै गरी स्थानीयवासीसँग सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

यस्तै, आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्यरूपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिने बित्तिकै उपचारको प्रबन्ध गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा माथिल्लो तामाकोशीको काम निर्वाध सञ्चालन गरिएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ । त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउनेछन् । निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउनेजस्तो विकृति देखिएपछि सीमितलाई पास दिएर आयात गर्न दिने व्यवस्था गरिएको छ ।

निर्माण सामग्रीको आयातमा केही जटिलता देखिएको गुनासो आएपछि त्यसलाई गर्नेतर्फ मन्त्रालयले विशेष प्रबन्ध गरेको मन्त्री पुनको भनाइ छ ।“ठूला आयोजनामा काम गर्ने भन्ने छ । विद्युतका आयोजना मात्रै नभई अन्य खालका उद्योग सञ्चालन गर्ने निर्णय भए अनुसार नै प्रक्रिया अगाडि बढाइएको मन्त्री पुनले जानकारी दिए । विशेषगरी कोरोना संक्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल युनिट रहनैपर्ने व्यवस्था गरिएको पनि मन्त्री पुनले जानकारी दिए ।कुल ४५६ मेगावाट क्षमताको यस आयोजनाको हाल भौतिक प्रगति ९९.४ प्रतिशत पुगेको छ । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीका लागि गृह मन्त्रालयले आवश्यक समन्वय गरेको छ । मन्त्री पुनले गृह मन्त्रालयसँग पनि समन्वय गरेर सरकारी तथा निजी क्षेत्रका आयोजनालाई समेत काम गर्न मार्गप्रशस्त गरिएको बताए ।  रासस

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...