CG Electronics
IME Life
NIMB

१ सय ९१ पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ

NIMB
Himalayan Bank

काठमाडौं – १ सय ९१ पत्रकारको कोभिड–१९ को रिर्पोट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मंगलबार राष्ट्रिय सञ्चारमाध्यम, अनलाइन मिडियामा कार्यरत १९१ पत्रकारको कोभिड–१९ परीक्षण गर्न स्वाब संकलन गरेको थियो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा महासंघका स्वास्थ्य उपसमितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले परीक्षण गरिएका पत्रकारको रिपोर्ट नेगेटिभ आएको र उक्त रिर्पोट चाँडै नै सम्बन्धित पत्रकारलाई वितरण गरिने बताए।

यसअघि प्रेस काउन्सिलले गरेको ७० वरिष्ठ पत्रकार, सम्पादकको रिपोर्ट पनि नेगेटिभ आएको थियो। कोभिड–१९ को संक्रमण अग्रपंक्तिमा काम गर्ने पत्रकार, सुरक्षाकर्मीमा देखिन थालेपछि महासंघले पनि उपत्यकामा काम गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारको परीक्षण गराएको हो।

 

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...