CG Electronics
IME Life
NIMB

कोरोना भाइरसले ट्रम्पको चुनावी यात्रा कठिन

NIMB
Himalayan Bank
वासिङटन डीसी – अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्न सक्ने एक सर्वेक्षणले देखाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकहरूले सर्वेक्षणका क्रममा बताएका छन् ।कोरोना भाइर समयमा नै नियन्त्रण गर्न नसक्दा ट्रम्पको ख्याति कोरोना भाइरसको महामारीपूर्वभन्दा घटेको निष्कर्ष वासिङटन पोष्ट–एबीसी न्यूज सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

समग्रमा अमेरिकीहरूले ट्रम्प र जो वाइडेनप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन हुने विश्वास गरिएका वाइडेनको उम्मेदवारीलाई पनि समग्रमा पहिलेको तुलनामा कम समर्थन मिलेको बताइएको छ ।
अमेरिकामा व्यक्तिगत गुणहरूमा वाइडेनलाई राष्ट्रपति ट्रम्पको तुलनामा बढी सम्पन्न मानिन्छ । साथै, राष्ट्रपतिपका समर्थकहरू ट्रम्पको पक्षमा धेरै बढी उत्साही रहने गरेका छन् र ट्रम्पलाई नै मतदान गर्ने कडा प्रतिबद्धता व्यक्त गर्दछन् । जबकि डेमोक्र्याटिक नेता वाइडेनको पक्षमा उनकै दलका समर्थकबीच पनि पाटीभित्र ट्रम्पजस्तो लोकप्रिय देखिन्नन् ।
यसका लागि भर्खरै सम्पन्न निर्वाचनहरूमा बाइडेनले पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी नेताहरूको आलोचना गर्दै निर्वाचनलाई आफ्नो पकडमा ल्याउने काम गरेकाले पनि डेमोक्र्याटिक नेता तथा कार्यकर्ता रिपब्लिक नेता तथा कार्यकर्ताजस्तो पार्टीभित्र लोकप्रिय बन्न नसकेको ठहर पोष्ट–एबीसी सर्वेक्षणले देखाएको छ ।
गत मे २५ देखि २८ तारिकबीचमा फोनमार्फत आकस्मिक (¥यान्डम) आधारमा राष्ट्रियस्तरमा सूचीकृत १ हजार १ वयस्क अमेरिकी मतदातासँग सर्वेक्षण गरिएको थियो ।

पछिल्लो सर्वेक्षणले सबै बालिगबीच वाइडेन १३ प्रतिशत अंकले अगाडि देखिएका छन् । अर्थात् ट्रम्पलाई ४० प्रतिशत मत आउँदा बाइडेनलाई ५३ प्रतिशत मत प्राप्त भएको छ । छोटो समयमा आएको ठूलो गिरावटलाई लामो समयसम्म पनि कोरोना भाइरस संक्रमणको महामारीलाई नियन्त्रणमा लिन नसक्दा अमेरिकी अर्थतन्त्रमा चट्टानी प्रभाव परेको छ । राष्ट्रका विभिन्न सहरहरूमा हिंसात्मक गतिविधिले स्थान पाउँदा सर्वेक्षणमा यो अवस्था देखिएको अनुमान विश्लेषकहरूले गरेका छन् ।तर, यसलाई नोभेम्बरमा हुने निर्वाचनको राजनीतिक नतीजा वा यसको असरको बारेमा अहिले नै पूर्वानुमान गर्न भने हतार हुनेछ । किनकि अझै धेरै समय छ जसमा सन् २०१६ मा जस्तै लोकप्रिय मतको सम्भावित असमानता प्रकट हुन सक्छन् । दुई प्रतिस्पर्धीबीच नतीजालाई आफ्नो पकडमा पार्ने खेलहरू हुन सक्छन् ।

२ महिना पहिलेको मूल्यांकनमा ट्रम्पलाई उच्च अनुमोदन मिलेको थियो तर पहिलो पटक उनलाई स्वीकार गर्ने वा अस्वीकार गर्नेबीच साँघुरो तर सकारात्मक नतीजा मिलेको छ । पछिल्लो सर्वेक्षणमा ट्रम्पको समर्थनमा ४८ प्रतिशत र विरोधमा ४६ प्रतिशत अंक मिलेको छ । यो पटक समर्थनमा ह्रास आउनु कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्प सरकारले लिएको व्यवस्थापकीय भूमिका जिम्मेवार मानिएको छ ।
२ महिना पहिले सरकारले संक्रमण नियन्त्रण प्रयासका सुरूवाती कामहरू गरिरहेको थियो । यसका कारण राष्ट्रपति सकारात्मक क्षेत्रमा रहेका थिए ।
त्यतिबेलाको सर्वेक्षणमा ट्रम्पको समर्थनमा ५१ प्रतिशत र विरोधमा ४५ प्रतिशत अंक मिलेको छ । आजका दिनसम्म आइपुग्दा नतीजा उल्टिएको छ । अर्थात् अनुमोदनको पक्षमा ४६ र विपक्षमा ५३ प्रतिशत अंक देखिएको सर्वेक्षण रिपोर्टले देखाएको छ ।  रासस–एएनआई
नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...