CG Electronics
IME Life
NIMB

सुन चाँदी पसलबाट चोरी कार्यको अभियोगमा तीन जना पक्राउ

NIMB
Himalayan Bank

काठमाडौं – काठमाडौं महानगरपालिका सरकारीधारास्थित नोर सुन चाँदी पसलबाट करिब २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका बिभिन्न गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोंगबु बस्ने कास्की पोखरा महानगरपालिका-१० अमरसिंङ चोक ठेगाना भएका मिलन तामाङ, काठमाडौं ठमेल बस्नेहरु नुवकोट तार्केश्वर गाउँपालिका-४ ठेगाना भएका ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।

लकडाउनको मौका छोपी रातको समयमा हुने चोरीको घटनाहरुको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उक्त पसलमा गत बैशाख ६ गते रातिको समयमा चोरी भएको घटनामा संलग्न उनीहरुलाई चोरी गरी लगेका विभिन्न धनमाल सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट सुनको मंगल सुत्र १ थान, सुनको चन्द्रमा हार १ थान, चाँदीको पाउजु २५ थान, चाँदीको कि-रिङ २ थान, चाँदीको दियो १ थान, बच्चाले लगाउने चाँदीको कल्ली ७ थान, चाँदीको औठी ३ थान, चाँदीको जन्तर २ थान, चाँदीको प्लेट ३ थान, चाँदीको बेरुवा बाला १ थान, चाँदीको ब्रासलेट १ थान, चाँदीको सिक्री १ थान र चाँदीका लकेट १३ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरुमध्ये मिलन तामाङ चोरी कार्यमा संलग्न तथा प्रेम तामाङ र ऋषिमुनि कुमार चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको र उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...