CG Electronics
IME Life
NIMB

बैंकले सार्वजनिक गर्यो पुनरकर्जा कार्यविधि मस्यौदा

NIMB
Himalayan Bank

काठमाडौं – नेपाल राष्ट्र  बैंकले पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीबाट अर्थतन्त्रलाई परेको प्रभावलाई मध्यनजर गर्दै यसको परमार्जन गर्न सरोकारवाला निकायसँग सुझाव समेत मागेको छ ।

सरोकारवाला निकायले आगामी १५ दिनभित्र सुझाव दिन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ । सार्वजनिक मस्यौदा अनुसार साधारण पुनरकर्जा प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ ।यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २०% भन्दा बढी नहुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । साथै, राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा भने १० करोड रुपैयाँ हुनेछ ।

यस्तो रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७०% भन्दा बढी नहुने मस्यौदामा उल्लेख छ ।यता, इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १०% भन्दा बढी नहुने केन्द्रीय बैंकले जनाएको छ ।

सरकारले पुनरकर्जाको सीमा १ खर्ब पुर्याएको छ । कोरोना भाइरस प्रभावको राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको हो ।
नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...