बैंकले सार्वजनिक गर्यो पुनरकर्जा कार्यविधि मस्यौदा
Tuesday Jun 02, 2020
वि.सं.२०७७ जेठ २० मंगलवार १०:४९

सरोकारवाला निकायले आगामी १५ दिनभित्र सुझाव दिन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ । सार्वजनिक मस्यौदा अनुसार साधारण पुनरकर्जा प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ ।यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २०% भन्दा बढी नहुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । साथै, राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा भने १० करोड रुपैयाँ हुनेछ ।
यस्तो रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७०% भन्दा बढी नहुने मस्यौदामा उल्लेख छ ।यता, इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १०% भन्दा बढी नहुने केन्द्रीय बैंकले जनाएको छ ।























