CG Electronics
IME Life
NIMB

निर्धनद्धारा प्युठानमा बिमा रकम हस्तान्तरण

NIMB
Himalayan Bank

काठमाण्डौं -नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिजूवार प्युठानले आफ्ना ग्राहक सदस्यको मृत्यू पश्चात बिमा रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

शाखाद्धारा गठित बिजूवार महिला समूह केन्द्र नं ८० बाट सदस्यता ग्रहण गरेकी सदस्य पार्बती देबी श्रेष्ठको मृत्यू पश्चात बिमा रकम रु.२७६०००। अक्षेरुपी दूईलाख छिहत्तर हजार रुपैया मात्र मृतकका श्रीमान बलराम श्रेष्ठ लाई हस्तान्तरण गरेको हो ।

बिमा बाफतको रकम प्युठान नगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि श्री अर्जून कुमार कक्षपति हस्तान्तरण गर्नू भएको थियो । क्षतिपूर्ति रकम ग्रहण गर्दै मृतकका श्रीमान श्री बलराम श्रेष्ठले यस्तो प्रतिकूल समयमा जिबीकोपार्जन चलाउन समेत अप्ठेरो परेको बेलामा संस्थाले यो रकम हस्तान्तरण गरेर ठूलो सहयोग गरेको बताउनू भयो

शाखा कार्यालयका शाखा प्रमूख मनोज कूमार अधिकारीको सभापतित्वमा प्यूठान नगरपालीकाका मेयर अर्जून कूमार कक्षपतिको प्रमूख आतित्थ्यता र सोही समूहको अध्यक्ष उषा श्रेष्ठको अतिथि रहेको कार्यक्रममा शाखाका सहायक सबिता सूबेदीको स्वागत मन्तब्य संगै अगाडी बढेको कार्यक्रमको संचालन लेखापाल कमल प्रसाद भूसाले गर्नू भएको थियो ।

मृतकी पार्बती श्रेष्ठको सम्झनामा गरीएको एक मिनेट मौनधारण संगै अगाडी बढेको कार्मक्रममा शाखा प्रमूख मनोज कूमार अधिकारीले संस्थाको निति तथा कार्यक्रमका बारेमा बोल्दै दूर दराजमा रहेका न्यून आए भएका तथा बित्तिय सेवा आबश्यक रहेका दिदी बहीनीहरुको आवश्यकता परिपुर्ति गर्ने प्रतिबद्धता ब्यक्त गर्नू को साथै सामाजिक उतरदायीत्व अन्र्तगतका कार्यक्षेत्रमा विधार्थीहरुका लागि छात्रवृत्ति बितरण, दैबिक प्रकोप राहत, सूत्केरी खर्च र जटिल रोगका रोगीहरुलाई सहयोग जस्ता कार्यहरु गर्दै आएको बताउनू भयो ।

त्यस्तै प्रमूख अतिथि तथा मेयर अजून कूमार कक्षपतिले निर्धन साच्चीकै बेसाहाराहरुको धन रहेको उल्लेख गर्दै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बिगत र बर्तमानमा वित्तिय क्षेत्रमा आफ्नो अग्रहणी भूमिका निर्वाह गर्दै आएको बताउनू भयो । साथै उहाले यो बिपतको समयमा पनि यति ठूलो रकम हस्तान्तरण गरेर आफ्नो परिवारीक सदस्य गूमाएका पिडीत परिवारको घाउमा मलहम पट्टी लगाएको उल्लेख गर्नू भयो ।

साथै उहाले यो बिपतको समयमा शाखामा कार्यरत कर्मचारी तथा समूहमा आबद्ध दिदी बहीनीहरुलाई सूरक्षित भएर काम गर्नू गराउन समेत आग्रह गर्नू भएको थियो ।

बिमा रकम ग्रहण गर्दै मृतकका श्रीमान बलरामले आपूmले निर्धन उत्थान लघुबित्त बित्तीय संस्थालाई आपूmले नजिक बाट नियाली रहेको बताउदै कहिले बिमा रकम कहिले छात्रवृत्ती कहिले बाढी पहीरो कहिले आगलागी जस्ता दैबी प्रकोपहरुमा संस्थाले अप्ठेयारोमा परेकाहरुलाई राहत प्रदान गरी आफ्नो कार्य क्षेत्रमा लोकप्रियता हासील गरेको ब्यक्त गर्नू भयो ।

कार्यक्रममा बिजूवार महिला समूहका सदस्यहरु तथा मृतकका परिवारको उपस्थीति रहेको थियो ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...