सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकर्मीलाई सहयोग
Friday Jun 05, 2020
वि.सं.२०७७ जेठ २३ शुक्रवार ११:०३

काठमाडौं सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व रहेका विभिन्न व्यत्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपलब्ध गराएको छ ।
सेञ्चुरी कमर्सियल बैंकले यस विषम परिस्थितिमा मानविय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।























