CG Electronics
IME Life
NIMB

कोरोना बिमा हालको लागि स्थगित गर्ने निर्णय

NIMB
Himalayan Bank

काठमाडौं – कोरोना बिमा हालको लागि स्थगित गर्ने निर्णय भएको छ । बिहीबार बिमा समिति र नेपाल बिमक संघबीच भएको छलफलबाट तत्कालका लागि कोरोना बिमा रोक्ने निर्णय गरिएको हो ।

बिमा समितिको विशेष पहलमा सुरु भएको कोरोना बिमामा अत्याधिक आकर्षण बढेको थियो । तर बिमा कम्पनीहरुको पुँजी बराबर नै दायित्व हुन लागेपछि तत्कालका लागि स्थगनको निष्कर्षमा समिति पुगेको हो । समितिले वैशाख ७ गतेदेखि कोरोना बिमा कार्यक्रम सुरु गरेको थियो ।

कोरोना बिमाका लागि संक्रमणको पुष्टि हुने (पीसीआर परीक्षणमा पोजेटिभ) बित्तिकै बीमितले क्षतिपूर्ति पाउने व्यवस्था मिलाइएको थियो । तर पछिल्लो समय संक्रमित संख्या ह्वात्तै बढ्न थालेपछि बिमा कम्पनीहरु पनि आत्तिएका हुन् । कोरोना बिमामा ५० हजार र १ लाख रुपैयाँ दाबी भुक्तानी पाउने व्यवस्था गरिएको थियो ।
यो बिमांकमध्ये ५० हजार रुपैयाँ बराबरको बिमा गर्न वार्षिक व्यक्तिगत रुपमा ५ सय र सामूहिक वा पारिवारिक रुपमा ३ सय रुपैयाँ बिमा शुल्क कायम  गरिएको थियो ।
यस्तै, १ लाख रुपैयाँ बराबरको बिमा गर्न व्यक्तिगत रुपमा १ हजार रुपैयाँ र सामूहिक वा पारिवारिक रुपमा ६ सय रुपैयाँ बिमा शुल्क तोकिएको थियो ।
कोरोना बिमाको अवधि १ वर्ष तोकिएको छ । कोरोनाबिमा छोटो समयमा नै सर्वसाधारणमा लोकप्रिय बनेको छ । संस्थाहरुले पनि कर्मचारीको कोरोना बिमा गर्दै आएका थिए । बिमा समितिका अनुसार हालसम्म ३ लाखभन्दा बढीले कोरोना बिमा गराइसकेका छन् ।
मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...