CG Electronics
IME Life
NIMB

‘घर भाडा, विद्यालय शुल्क र व्यवसायी कर लगायत मिनाहा गर्नुपर्ने, नभए चरणवद्ध आन्दोलन !’

NIMB
Himalayan Bank

काठमाडौं – विभिन्न दश संघ तथा संस्थाहरुले लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र ईन्टरनेटको महशुल मिनाह गर्नुपर्ने माग गरेका छन् ।

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गर्नुपर्ने, किसानलाई समयमै मल, बिउविजन उपलब्ध गराउन, वैज्ञानिक भाडादार कायम गर्न र भाडावाला आयोग गठन गर्न र बैंक तथा विक्तिय संस्थाको ब्याज पनि मिनाहा गर्न उनीहरुले माग गरेका छन् ।

भाडावाला सरोकार समाज नेपाल, नेपाल होस्टेल एशोएिसन, स्वास्थ्य विज्ञान व्यवसायी महासंघ, मझौला व्यापार व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ, सर्जिकल ईक्युभमेन्ट सप्लायर्स संघ, स्वतन्त्र परामर्श शैक्षिक संघ, वैदेशिक रोजगार व्यवसायी संघ, ग्रिल व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य व्यवसायी महासंघले आज पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।

उनीहरुले नेपाल सरकार कोरोना रोकथाम तथा नियन्त्रणको लागि कछुवाको गतिमा अघि बढेको पनि टिप्पणी गरेका छन् ।

संयुक्त विज्ञप्तीमा भनिएको छ,‘अहिलेपनि टेष्ट गर्ने उपकरण, प्रविधि, पिपिई पर्याप्त मात्रामा छैनन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका क्वारेन्टिन नहुनु र गाईबस्तु गोठमा बस्न बाध्य हुँदा अहिलेसम्म ११ जनाले क्वारेन्टिनमै ज्यान गुमाईसके भने १२० जनाले आत्महत्या गरेका छन् । सरकार भने विलाषितामा रमाउने गरेको छ ।

राष्ट्रपति भवनमा करोडौंको कार्पेट फेर्ने, सांसद तथा मन्त्रीहरुलाई करोडौंको जिमखाना खोल्ने, सुकुम्बासी आयोग गठन गर्ने, विभिन्न अध्यादेश ल्याउने र फिर्ता गर्नेजस्ता घृणित कार्य गर्नमै सरकार अग्रसर हुनु आश्चर्यजनक छ ।’

लकडाउनका कारण अहिले मानिसहरु रोगले भन्दापनि भोकले मर्ने अवस्था सिर्जना भएको उनीहरुको भनाई छ । यस्तो अवस्थामा घरबेटीले भाडा तिर्न ताकेदा गर्नु, बैंक तथा वित्तिय संस्थाले किस्ता तिर्न, स्कुल तथा कलेजहरुले शुल्क र ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले महशुल तिर्न ताकेदा गरिरहँदा आम नागरिक तथा व्यवसायीहरु डिप्रेसनमा पुग्ने खतरा बढेको पनि उनीहरुको ठम्याई छ ।

विज्ञप्तीमा थप भनिएको छ,‘हालसम्म १०६० जनाले आत्महत्या गरेका छन् । सरकारको विगतको गतिविधिले उसप्रति आम मानिसको विश्वास गुमिसकेको छ ।

सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७७/ ७८ को बजेटमा कोरोना नियन्त्रण, बेरोजगार युवाहरुलाई रोजगार, किसानहरुलाई राहतलगायत तमाम नागरिकका समस्याहरुको समाधान गर्ने व्यवस्था गरिएको पाईँदैन् । लकडाउनकै अवधिभित्रै यही जेठ २५ गतेभित्रै कर तिर्न बाध्य बनाउन खोज्नु राज्य आतंक हो । यो हामी व्यवसायीको लागि सह्य छैन् ।’

उनीहरुले माग पूरा गराउनको लागि चरणवद्ध आन्दोलनपनि घोषणा गरेका छन् । सोही अनुसार जेठ २३ गते अर्थात भोलि (शुक्रबार) अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने, जेठ २५ गतेसम्म व्यापक प्रचार–प्रसार गर्ने र माग पूरा नभए सशक्त सडक संघर्ष गर्ने आन्दोलनको कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनको सभापत्वि तथा संयोजन गरेका भाडावाला सरोकार समाज नेपालका अध्यक्ष विष्णुजंग बस्नेतले लकडाउनका कारण सम्पूर्ण उद्योग तथा व्यवसाय ठप्प भएको र दैनिक ज्यालादारी, विपन्न वर्ग, किसान, मजदुर, सुकुम्वासीहरुलाई मर्माहत बनाएको बताए । यस्तो अवस्थामा सरकारले सरकारले राहत दिनुपर्ने र कम्तिमा एउटा जनमुखी राहत प्याकेज ल्याउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल होस्टेल एशोसिएनका अध्यक्ष भक्ति पाठकले लकडाउनले पारेको पीडा सुनाएका थिए । उनले लकडाउनका कारण व्यवसाय नै ठप्प हुँदापनि घरभेटीहहरुले भाडा तिर्न ताकेता गरिरहेको सुनाए । उनले भने,‘अहिले लकडाउनका कारण विद्यालय तथा कलेज बन्द छन्, योसँगै होस्टेल पनि चलेका छैनन् । सबै होस्टेल ठप्प हुने अवस्था छ । सरकारले न्यूनतम राहत प्याकेज ल्याउनुपर्छ ।’

नेपाल उद्योग वाणिज्य व्यवसायी महासंघका उपाध्यक्ष मदन महर्जनले सरकार आफूहरुको मागप्रति गम्भिर हुनुपर्ने बताए । लकडाउनका कारण आफूहरु ठूलो मारमा परेकोले सरकारले राहतको प्याकेज ल्याउनुपर्नेमा उनको जोड थियो ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले लकडाउनका कारण सम्पूर्ण व्यवसाय ठप्प भएको र आफूहरु ठूलो मारमा परेको पीडा सुनाए । सरकारले आफूहरुको जायज मागलाई सम्बोधन गर्नुपर्ने र यसमा गम्भिर बन्नुपर्ने उनको भनाई छ ।

स्वास्थ्य विज्ञान व्यवसायी महासंघका अध्यक्ष नवराज बस्नेतले अहिलेको क्वारेन्टिनको अवस्था राम्रो नगरिएको, कोरोना परीक्षण गर्ने पिसिआरलगायत स्वास्थ्य सामग्रीको राम्रो प्रवन्ध नगरिएको र सोही कारण मान्छेहरु संक्रमित हुनपरेको भनाई राखेका थिए ।

कार्यक्रमको सञ्चालन भने भाडावाला सरोकार समाज नेपालका केन्द्रीय महासचिव सिबी लामाले गरेका थिए ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...