CG Electronics
IME Life
NIMB

 ‘एशियन लाईफ इन्स्योरेन्सको त्रुटिपूर्ण रिपोर्ट, प्रतिशेयर आम्दानी धेरै देखाएर ठगी

NIMB
Himalayan Bank

काठमाडौं – वित्तीय विवरण प्रकाशित गर्दा प्रतिशेयर आम्दानी बढी देखाएर लगानीकर्तालाई झुक्याउन खोजेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीले गल्ती सच्याउँदै क्षमायाचना गरेको छ । कम्पनीले केही दिन अगाडि प्रकाशित गरेको तेश्रो त्रैमासिक वित्तीय विवरणमा केही तथ्यहरु फरक भएको जनाउँदै उक्त प्राविधिक गल्ती सच्याएको एक सुचनामार्फत जनाएको हो ।

नेपालबहस डटकमले सो बारे समाचार प्रकाशित गरेपछि नियामक निकाय बीमा समितिले त्रुटि सच्याउन निर्देशन दिएको थियो । एशियन लाईफ इन्स्योरेन्सले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा देखाइएको थियो । जबकी इन्स्योरेन्सको प्रतिशेयर आम्दानीको सुत्र भन्दा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २० पैसा बढी देखाइएको थियो ।


कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रहेकोमा कम्पनीको प्रकाशित खुद मुनाफा १३ करोड ७ लाख रहेको छ । यो दुई वटा तथ्यांकलाई आधार मान्दा कम्पनीको ९ महिनाको प्रतिशेयर आम्दानी जम्मा ६ रुपैयाँ ५० पैसा हुन्छ भने वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६७ पैसा मात्र हुने कुरा नेपालबहसले उठाएको थियो । यस्तै मुल्य आम्दानी अनुपात पनि ५६.७६ हुनु पर्ने थियो ।

कम्पनीले सुचना जारी गर्दै भनेको छः– “मिति २०७७/१/३० गते प्रकाशित आ.व.२०७६/०७७ को तेस्रो त्रैमासिक प्रतिवेदन (धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि) मा प्राविधिक त्रुटीको कारण प्रतिशेयर आम्दानी र मुल्य आम्दानी अनुपातमा क्रमश ८.६७ र ५६.७६ हुनु पर्नेमा अन्यथा हुन गएकोमा क्षमा प्रार्थीसहित सच्याइएका छौं ।”

उक्त भुलसुधारको जानकारी कम्पनीले बीमा समितिलाई समेत पत्राचार गरि जानकारी गराएको छ ।

(नेपालबहस डटकमबाट)

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...