CG Electronics
IME Life
NIMB

भारतले नेपाल वीर गोर्खालीको देश हो भन्ने बिर्सियो भने उसको लागि ठूलो दुर्भाग्य हुनेछ

NIMB
Himalayan Bank

काठमाडौं –चाइनाको उस्काहटमा नेपालले लिम्पियाधुरा र कालापानी सहितको भूभाग समेटेर नयाँ नक्शा जारी गरेको भारतले मिथ्या आरोप लगाएको छ। लिम्पियाधुरा र कालापानी सहितको भूभाग नेपालको हो भन्ने तथ्यले यही भन्दछ । भारतले तथ्यलाई तोडमोड गरेर सार्बभौमसत्ता माथि हस्तक्षेप गर्नुले भारतको नियत सफा छैन भन्ने देखिएको छ । इतिहासमा नेपाल कसैको गुलामी नभएको देश हो । वीर गोर्खालीको देश नेपाल हो भन्ने भारतले बिर्सियो भने उसको लागि ठूलो दुर्भाग्य हुनेछ ।

भारतका तत्कालीन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले सन १९५१ मा नेपाल,भुटान लगाएतका देशलाई भारतमा गाभ्ने एक रणीनीतिक प्रस्ताव संसदमा अघिसारे। भारतीय संसदले सो प्रस्तावलाई तत्कालै अनुमोदन समेत गर्यो। सोही अनुसार हैदरावाद र अहिलेका पुर्वोत्तर राज्यहरुलाई भारतमा गाभ्ने काम भयो । त्यसको केही वर्षपछि सिक्किमलाई पनि भारतमा गाभियो । र भुटानको सुरक्षा छाता समेत भारतको हातमा पुग्यो।

नेपाललाई भारतमा गाभ्ने रणनीति अनुसार राजा त्रिभुवन समक्ष भारतले लविङ्ग सुरू गर्यो। नेहरुले त्रिभुवनलाई भारतको राष्ट्रप्रमुख बनाउने प्रस्ताव समेत राखे । तर त्रिभुवनले सोही प्रस्तावलाई अस्विकार गरिदिए। चाइना भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री चाउ एन लाई समक्ष नेहरुले एक प्रस्ताव राखे । नेपालको उत्तरी भाग चाइनाले लिने र दक्षिणी भाग भारतले बाँडिचुँडी लिने प्रस्ताव अघि सारे। चाउ एन लाईले नेहरुको प्रस्तावलाई ठाडै अस्विकार गर्दै भने “नेपालको ईतिहास र अस्तित्व भारत र चीनको भन्दा पुरानो छ। हामीसँग नेपाललाई गाभ्ने कुनै नैतिक बल छैन। “

चाउ एन लाईसँग नेहरूले सोही क्रममा दोस्रो प्रस्ताव समेत राखे । नेपालको रक्षा र परराष्ट्र नीति दुई देश मिलेर संचालन गरौं। चाऊ एन लाईले नेहरुको यस प्रस्तावलाई पनि अस्विकार गर्दै भने – नेपाल जसको ईतिहास भारत र चाइनाको भन्दा पुरानो छ। नेपालको आन्तरिक विषयमा हामीले हस्तक्षेप गर्न मिल्दैन उनले भने। त्यसपछि नेपाल भारतमा गाभ्ने प्रस्ताव पूर्णरुपमा असफल हुन पुग्यो।

चाइनाबाट नेहरु स्वदेश फर्केपछि नेपाललाई भारतमा गाभ्ने सम्भावना तत्काललाई नरहेकोले यस विषयलाई अहिले थाँती राखी नेपालको सुरक्षा भारतको छाता भित्र राख्न पहल गर्न भने। सोहीअनुसार नेहरू डक्ट्रीन अहिले पनि भारतमा जिवित छ। र नेपाललाई दस्ख दिने काम पटक पटक हुँदै आएको छ। भारतले सन् १८१६ को सुगौली सन्धी मान्दैनभने हामीले पनि मान्नै पर्छ भन्ने छैन। त्यसो हो भने नेपालको सीमाना पूर्वमा टिस्टा, पश्चिममा काङ्गडा, दक्षिणमा अलिगञ्ज , बिहार र अलाहावाद , उत्तर प्रदेश हो भन्नु पर्छ । भारतले सुगौली सन्धी नमाने पूर्वबत नेपालको सिमाना र गुमेको नेपाली भूभागको बिषयमा खोजी गर्ने बेला आएको छ।

९नेकपाका युवा नेता विष्ट प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष हुनुहुन्छ ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...